१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:३१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

वन्यजन्तुमैत्री पूर्वाधार निर्माणमा सरकार केन्द्रित : प्रधानमन्त्री देउवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:३१:oo

प्रधानमन्त्री शेरबहादुर देउवाले वन्यजन्तुमैत्री पूर्वाधार निर्माणमा सरकारको ध्यान केन्द्रित रहेको बताएका छन्। अन्तर्राष्ट्रिय बाघ दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्।

बाघ संरक्षणले पर्यटन प्रवर्द्धन भई आर्थिक क्रियाकलापा बढ्ने भन्दै प्रधानमन्त्री देउवाले बाघ संरक्षणमा नेपाल सफल भएको दाबी गरे। बाघ संरक्षणको सन् २०१० को लक्ष्य पूरा भएको भन्दै उनले अब बाघका लागि आहारा बढाउनुपर्ने बताए।

आहारा अभावमा बाघ बस्ती पस्दा मानव–वन्यजन्तु द्वन्द्व बढेको भन्दै उनले भने, ‘आहारा नहुँदा बाघ बस्ती पस्ने गरेको छ। मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि उचित कदम चाल्न, सहअस्तित्व कायम राख्न, वासस्थान व्यवस्थापन र स्थानीय जनताको जीविकोपार्जन गर्नुपर्ने दायित्व सरकारसामु छ।’

सो क्रममा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले बाघ संरक्षण कसरी गर्ने भनेर नेपालले विश्वसामु उदाहरण प्रस्तुत गरेको बताए। आफूले गरेका प्रतिबद्धताहरु पूरा गर्न सक्नुपर्ने भन्दै उनले नेपालले विश्वसामू गरेका प्रतिबद्धता पूरा गरेको उल्लेख गरे। अध्यक्ष नेपालले भने, 'प्रतिबद्धता गरेपछि पूरा गर्नसक्नुपर्छ। बोलीको विश्वासनियता हुनुपर्छ, नेपालले पूरा गरेको छ।'

यसैगरी वनमन्त्री प्रदीप यादवले स्वस्थ पारिस्थितिक प्रणालीका लागि बाघ जोगाउन आवश्यक रहेको औंल्याए। बाघको संख्या घट्दा साना प्रजातीका वन्यजन्तुको संख्या पनि घट्ने भन्दै उनले भने, 'बाघ हिंस्रक वन्यजन्तु हो। बाघले मान्छे मार्छ किन संरक्षण गर्ने भन्ने पनि गरिन्छ। तर, बाघ पर्यटकमैत्री पर्यटनको मुख्य आधार हो। स्वस्थ पारिस्थितिक प्रणालीका लागि बाघ जोगाउन आवश्यक छ। बाघको संख्या घट्दा साना प्रजातीका वन्यजन्तुको संख्या पनि घट्छ।  बाघ ठूलो कि मान्छे ठूलो भन्ने छ। हामीलाई दुबै चाहिन्छ, दुबै जोगाउनुपर्छ।'