१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार o९:४७:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

आजदेखि पोखरामा प्रथम महानगर मेयर सम्मेलन हुँदै        

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o९:४७:oo

६ महानगरका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरू कार्यक्रममा सहभागी हुने  

‘समुन्नत महानगरका निम्ति समन्वयिक विकास र साझेदारी’ भन्ने नारासहित शुक्रबारदेखि पोखरामा प्रथम महानगर मेयर सम्मेलन २०७९ सुरु हुँँदै छ ।पोखरा महानगरपालिकाको आयोजनामा शनिबारसम्म चल्ने सम्मेलनमा देशका ६ महानगरपालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अघिकृतहरू सहभागी हुँदै छन् । सम्मेलनमा सहभागी हुन ललितपुर र वीरगन्जका मेयर, उपमेयर र प्रशासकीय अघिकृत पोखरा आइसकेका छन् । बाँकी काठमाडाैं, चितवन र विराटनगरका मेयरसहितको टोली शुक्रबार पोखरा आउँदै छन् ।

महानगरस्तरबाट प्रवाह हुने सेवा, कामकारबाही तथा विकास निर्माणका कार्यहरूलाई थप सबल, सशक्त र  गुणस्तरयुक्त बनाउँदै संघ सरकार र प्रदेश सरकारसँग समन्वयात्मक भूमिका निर्वाह गरी महानगरका न्यूनतम मापदण्ड पूरा गर्नु–गराउनु आजको आवश्यकता रहेको र त्यसलाई मध्यनजर गर्दै सम्मेलन आयोजना गरिएको पोखराका मेयर धनराज आचार्यले जानकारी दिए ।

महानगरहरूलाई जनउत्तरदायी बनाउन निर्वाह गर्नुपर्ने भूमिका तथा साझा सवालका विषयलाई सम्बाेधन गर्न यस वर्षदेखि आगामी पाँच वर्षसम्म प्रत्येक वर्ष ‘महानगर मेयर सम्मेलन’ गर्ने प्रस्ताव गरिएको सोहीअनुसार पहिलो सम्मेलन  पोखरामा गर्न लागिएको आचार्यले जानकारी दिए । 

सम्मेलनमा सहभागीको अनुभव आदान–प्रदानसँगै आफ्नो महानगरको मुख्य योजनाहरू तथा कार्यान्वयनको चुनैतीहरूबारे छलफल हुनेछ । याेसँगै साझा सवाल तथा आगामी कार्यदिशाबारे पनि छलफल हुने आचार्यले जानकारी दिए ।

सहजीकरण कसले गर्ने ?

‘संघीयता, महानगर र अबको बाटो’ विषयमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. जगदीशचन्द्र पोखरेल, ‘महानगरपालिकामा पूर्वाधार विकास तथा सुशासन’ विषयमा पूर्वाधारविज्ञ डा. सूर्यराज आचार्य, ‘सिकाइ आदानप्रदान’ सत्रको अजयचन्द्र लाल, ‘ऐन–कानुनका सम्बन्धमा’ मनोरमा अधिकारी र दामोदर गिरी, ‘महानगरका साझा सवाल’का  बारेमा कृष्ण ज्ञवाली, सरोज बस्नेतलगायतले सहजीकरण गर्ने भएका छन् ।  

दुई दिनको छलफलपछि सम्मेलनले साझा अवधारणा तयार पारी ‘पोखरा घोषणापत्र’ जारी गर्ने र अर्को वर्ष २०८० मा हुने सम्मेलनको आयोजक महानगरपालिका प्रमुखलाई पोखराका मेयर आचार्यले ‘महानगर मेयर सम्मेलन’को लोगोअंकित झन्डा हस्तान्तरण गरेर कार्यक्रम  सम्पन्न हुनेछ ।

ad
ad