१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार १४:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

देखिने गरी अनुसन्धानमा जोड दिऔँ : स्वास्थ्यमन्त्री 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १४:५५:oo

स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी खापुङले देखिने गरी स्वास्थ्य अनुसन्धान हुनुपर्ने बताएका छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आयोजना गरेको कार्यक्रममा स्वास्थ्यमन्त्री खापुङले देखिने गरी स्वास्थ्य क्षेत्रको अनुसन्धानमा काम गर्न परिषद्लाई निर्देशन दिएका छन् ।

उनले परिषद्को कर्मचारी विनियमावली समस्या सम्बोधन गर्न प्रयत्न गर्ने बताए । उनले भने, ‘परिषद्को कर्मचारी विनियमावली चार वर्षदेखि अलमलिएको छ । यो विषयमा अर्थ मन्त्रालयसँग छलफल गरी समाधान दिन प्रयत्न गर्छौँ ।’ मन्त्री खापुङले स्वास्थ्य क्षेत्रको अनुसन्धान आमनागरिकसँग पनि जोडिएको बताए । 

स्वास्थ्य राज्यमन्त्री केसीले स्वास्थ्य अनुसन्धानका विषयगत क्षेत्रमा अनुसन्धान क्षमता बढाउने र नवीनतम ज्ञान तथा प्रविधिलाई प्रोत्साहन गर्ने उद्देश्यमा पनि केन्द्रित हुनुपर्ने बताए । उनले भने, ‘पछिल्ला वर्षहरूमा स्वास्थ्य अनुसन्धानको संस्कृति बढ्दै गएको छ । परिषद्ले स्वास्थ्य अनुसन्धानका विभिन्न विषयगत क्षेत्रमा अनुसन्धान क्षमता बढाउने र अनुसन्धान संस्कृतिको प्रवर्द्धन तथा नवीनतम ज्ञान र प्रविधिलाई प्रोत्साहन गर्ने उद्देश्यमा पनि केन्द्रित हुनुपर्ने देखिन्छ ।’

परिषद्लाई संघीय संरचनाबमोजिम सञ्चालन गर्नुपर्ने बताए । कार्यक्रममा परिषद्का कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवालीले परिषद्ले हालसम्म गरेका गतिविधि र परिषद्को संरचनाबारे जानकारी दिएका थिए ।

ad
ad