मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ श्रावण १० मंगलबार
  • Tuesday, 15 July, 2025
२o७९ श्रावण १० मंगलबार १४:o१:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

बागमती प्रदेश सभा अधिवेशन अन्त्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ श्रावण १० मंगलबार १४:o१:oo

बागमती प्रदेश सभाको १०औँ अधिवेशन अन्त्य भएको छ। प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश सभाको १०औँ अधिवेशन गएराति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरेका हुन्।

राति नै प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काले सूचना जारी गर्दै प्रदेश सभाको अधिवेशन अन्त्य भएको जानकारी गराएका थिए। आर्थिक वर्ष ०७९/८० का लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम एवं बजेट तथा केही विधेयकहरू १०औँ अधिवेशनले पारित गरेको छ।

प्रदेश सभाको सोमबारको बैठकले विभूषण सिफारिस तथा सम्मान र पदकसम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिले स्वीकृत गरेको थियो भने सरकारले प्रस्तुत गरेका अन्य केही विधेयक भने पास हुन सकेनन्। रासस