१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण १० मंगलबार १३:४८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जनस्वास्थ्यका विषयमा सरकारले चासो दिएन : योगेश भट्टराई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण १० मंगलबार १३:४८:००

नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले स्वास्थ्य क्षेत्रमा सरकारले चासो नदिएको बताएका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा उनले विकसित देशहरूमा समेत मंकीपक्स फैलिरहेको भन्दै नेपाल सरकारले यसमा चासो नदिएको बताएका हुन्।

विश्व स्वास्थ्य संगठनले मंकीपक्सलाई विश्व स्वास्थ्य संकटकालको घोषणा गरिसकेको अवस्थामा सिमानाहरूमा एउटै परीक्षण केन्द्र नराखेको भन्दै उनले जनस्वास्थ्यको विषयमा सरकार निद्राको अवस्थामा रहेकाे आराेप लगाए।

‘अमेरिका, बेलायतलगायतका विकसित देशमा पनि मंकीपक्सले हायलकायल बनाएको छ। नेपाल सरकारले यसबारेमा अहिलेसम्म पनि कुनै सार्वजनिक ढंगले नेपाली जनतालाई सुसूचित गरेको छैन। सरकार मौन बसिरहेको छ। सरकार निद्राको अवस्थामा छ,’ उनले भने।

सांसद भट्टराईले ३४ जनामा अहिलेसम्म हैजा फेला परेको भन्दै काठमाडौंमा हैजा फैलिसकेकाले महामारीको स्थिति उत्पन्न भएको बताए। हैजा बढ्दै जान दिने हो भने अनियन्त्रित अवस्था हुन सक्ने भन्दै उनले पिउनेपानीका मुहान र ट्यांकरको गुणस्तर परीक्षण गर्न पनि सरकारको ध्यानाकर्षण गराए।