१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण ९ सोमबार
  • Monday, 30 June, 2025
२o७९ श्रावण ९ सोमबार १८:१९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

‘नेपाललाई श्रीलंका नबन्ने बाटोमा लैजान कांग्रेस सक्षम छ’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ श्रावण ९ सोमबार १८:१९:oo

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अबको दशक नेपाल निर्माण र नेपाल समुन्नतिको दशकको रूपमा अघि बढ्ने बताएका छन्। सोमबार ललितपुरमा नेपाल ललितकला संघले कला संस्कृतिको उत्थान विषयक अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘देशलाई समुन्नत उचाइमा लिएर जान बाँकी छ । नेपाललाई श्रीलंका नबन्ने बाटोमा, नेपाल देशलाई समुन्नतिको उचाइमा लैजाने बाटोमा नेपाली कांग्रेस पार्टी सक्षम छ,’ शर्माले भने, ‘बदलिएको कांग्रेस र बलियो कांग्रेस बनाएर यो देशमा सबै भाषा, संस्कृतिको प्रगति गरेर सबै दललाई सँगै लैजान सक्ने समाज हामी बनाएर जानेछौँ । अबको दशक नेपाल निर्माण र नेपाल समुन्नतिको दशकको रूपमा लैजानुपर्छ ।’

महामन्त्री शर्माले अबका युवा वर्गले बदलाको सोच नभई बदलिने सोच राख्न जरुरी रहेको समेत बताए।