Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण ९ सोमबार १०:२२:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

‘राधा’को  ट्रेलर सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण ९ सोमबार १०:२२:००

 सुवर्ण थापा निर्देशित चलचित्र ‘द सिक्रेट्स अफ राधा’को ट्रेलर सार्वजनिक भएको छ । चलचित्र निर्माण टिमले आइतबार चलचत्रिको दुई मिनेट ३० सेकेन्डको ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरमा गर्भवती महिला(सृष्टि श्रेष्ठ)ले श्रीमान्को खोजी गर्ने क्रममा भोगेको उतार–चढावलाई चित्रण गरेको छ । ‘द सिक्रेट्स अफ राधा’ नेपाली परिवेशमा गर्भवती महिलाले श्रीमान्को पर्खाइमा बस्दा गर्नुपरेको संघर्षको कथा रहेको निर्देशक थापाले बताए ।

उनी भन्छन्, ‘राधा’ अहिलेको नेपाली परिवेशको गर्भवती महिलाको संघर्ष हो । जसको श्रीमान् वर्षाैँसम्म घरमा आउँदैनन् । राधा घरमा सासूको स्याहार गरेर बसेकी हुन्छिन् । श्रीमान् नहुँदा खानुपरेको हन्डर र ठक्करलाई चित्रण गरेको छ ।’ ‘राधा’ नेपाली समाजको आमाहरूको प्रतिनिधि पात्र रहेको उनले बताए । ‘हाम्रा दिदीबहिनीहरूको कथा हो, हाम्रा आमाहरूको कथा हो । ‘राधा’ चलचित्रको प्रनिनिधि पात्र मात्रै हो,’ थापाले भने । ‘राधा’ले नेपाली सिनेमा उद्योगका लागि एउटा इँटा थप्नेछ उनको विश्वास छ । चलचित्रलाई विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पनि पठाउन थालिएको निर्देशक थापाले बताए ।