१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार १o:२o:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

पारसले ‘लिजेन्ड्स लिग क्रिकेट’ खेल्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १o:२o:oo

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय खेलबाट सन्न्यास लिइसकेका खेलाडीबीच हुने टी–२० ‘लिजेन्ड्स लिग क्रिकेट’ खेल्ने भएका छन् । लिजेन्ड्स लिगको दोस्रो सिजनमा पारस सहभागी हुन लागेकोबारे आयोजकले आइतबार सार्वजनिक गरेको हो । पहिलो सिजन गत जनवरीमा ओमानमा भएको थियो । 

ओमानमा प्रतियोगिता हुँदा तीन टोलीबीच प्रतिस्पर्धा भएको थियो । यसपटक भारतमा प्रतियोतिगा हुनेछ । आयोजकका अनुसार टी–२० लिजेन्ड्स लिग सेप्टेम्बरदेखि अक्टोबरसम्म हुनेछ । यसपटक चार नयाँ फ्रेन्चाइज टोली घोषणा हुँदै छन् । गत जनवरीमा सम्पन्न प्रतियोगितामा वल्र्ड जायन्ट्स, एसिया लायन्स र भारतको महराज क्रिकेट टोलीले प्रतिस्पर्धा गरेका थिए । उपाधि वल्र्ड जायन्ट्सले जितेको थियो । 

लिगमा पारससहित ५० जना लिजेन्ड खेलाडी सहभागी हुनेछन् । नेपाली टोलीका बलिङ प्रशिक्षक रहेका धम्मिका प्रसाद पनि लिगमा सहभागी हुनेछन् । श्रीलंकाली खेलाडी चामिन्दा भास, थिसारा परेरा, प्रज्ञान ओझा, पार्थिव पटेल, मिचेल जोनसन, हरभजन सिंह, ज्याक्स कालिस, सौरभ गांगुली, इरफान पठान, इयोन मोर्गन, डेल स्टेन, सेन वाट्सनलगायत विश्व चर्चित खेलाडी पनि सहभागी हुनेछन् । 

श्रीलंकाली खेलाडी चामिन्दा भास, थिसारा परेरा, प्रज्ञान ओझा, पार्थिव पटेल, मिचेल जोनसन, हरभजन सिंह, ज्याक्स कालिस, सौरभ गांगुली, इरफान पठान, इयोन मोर्गन, डेल स्टेन, सेन वाट्सनलगायत विश्व चर्चित खेलाडी पनि सहभागी हुँदै

गत वर्षको साउनमा पारसले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए । १० वर्ष राष्ट्रिय टोलीको कप्तानी गरेपछि उनले ०७६ असोजमा कप्तानीबाट राजीनामा दिएका थिए । पारसको कप्तानीमा नेपालले सन् २०१४ मा पहिलोपटक आइसिसी टी–२० विश्वकप खेलेको थियो । पारसले २०१९ मा सिंगापुरविरुद्ध टी–२० खेलमा नेपालका लागि पहिलो शतक प्रहार गरेका थिए । पारसले नेपालका लागि १० एकदिवसीय, ३३अन्तर्राष्ट्रिय टी–२० र ४६ लिस्ट ए खेलेका छन् । उनले एकदिवसीय खेलमा एक शतकसहित तीन सय १५ रन बनाएका छन् ।

एकदिवसीय खेलमा नौ विकेट हात पारेका छन् । ३३ अन्तर्राष्ट्रिय टी–२० खेलमा एक शतक र चार अर्धशतकसहित सात सय ९९ रन बनाएका छन् । दुई दशक नेपाली क्रिकेटमा बिताएका पारस सफल कप्तानमा पर्छन् । पारसकै कप्तानीमा नेपालले आइसिसी डिभिजन ५ देखि २ सम्म यात्रा गरेको थियो । नेपालले पारसकै कप्तानमा एकदिवसीय र टी–२० टोलीको मान्यता पाएको थियो । 

ad
ad