१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण ८ आइतबार
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ श्रावण ८ आइतबार १६:२९:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सेयर बजारमा हरियाली, नेप्से ६१ अंकले बढ्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण ८ आइतबार १६:२९:oo

मौद्रिक नीति सार्वजनिक भएपछि सेयर बजारमा उत्साह देखिएको छ। मौद्रिक नीति आउने दिन शुक्रबार गिरावट आएको नेप्से मौद्रिक नीतिपछि आइतबार उच्च अंकले बढेको हो। नेप्से ६१.०५ अंकले बढेर दुई हजार ७८.५१ बिन्दुमा पुगेको छ।

त्यस्तै, सेन्सेटिभ इन्डेक्स १२.०९, फ्लोट इन्डेक्स ४.०८ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ४.२९ अंकले बढेको छ।

आज कारोबारमा आएका दुई सय १९ कम्पनी ६४ लाख २३ हजार कित्ता सेयर दुई अर्ब ७३ करोड नाै लाख २७ हजार रुपैयाँबराबरमा खरिद–बिक्री भएको छ।

आइतबार नेप्सेका सबै उपसमूहको परिसूचकमा हरियाली छाएको छ। जसमध्ये फाइनान्स उपसमूह सर्वाधिक ७.२२ प्रतिशतले बढेको छ। अन्य उपसमूह ६.९३ प्रतिशत, विकास बैंक ५.१ प्रतिशत तथा माइक्रोफाइनान्स  र लगानी उपसमूहको परिसूचक तीन प्रतिशतभन्दा धेरैले बढेको छ।

आज सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स, मल्टिपर्पोज फाइनान्सको मूल्य सकारात्मक सर्किट लेभलमा भएको छ। स्वाभिमान लघुवित्त र रिलायन्स फाइनान्सको सेयर मूल्य पनि ९.६ प्रतिशतले बढको छ।

शुक्रबार सार्वजनिक भएको मौद्रिक नीतिले सेयर धितोमा एउटा बैंकबाट लिन पाउने अधिकतम ऋणको सीमा चार करोडलाई हटाएर एउटा वा सबैबाट अधिकतम १२ करोडसम्मको सीमा कायम गरेको छ। त्यस्तै २५ लाखभन्दा मुनिको सेयर ऋणमा जोखिमभार एक सय ५० बाट घटाएर १ सय कायम गरेको छ।