१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
एजेन्सी नयाँ दिल्ली
२o८१ बैशाख २१ शुक्रबार o७:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

द्रौपदी मुर्मू भारतको १५औँ राष्ट्रपतिमा निर्वाचित

Read Time : < 1 मिनेट
एजेन्सी नयाँ दिल्ली
नयाँ पत्रिका नयाँ दिल्ली
२o८१ बैशाख २१ शुक्रबार o७:oo:oo

भारतको १५औँ राष्ट्रपतिमा आदिवासी नेत्री द्रौपदी मुर्मू निर्वाचित भएकी छिन् । उनी देशको सर्वोच्च पदमा पुग्ने आदिवासी समुदायकी प्रथम व्यक्ति हुन् । ६४ वर्षीया मुर्मूको जन्म उडिसा राज्यमा भएको हो । उनी सन्थाल समुदायकी हुन् ।  

राष्ट्रपति पदका लागि गत सोमबार भएको मतदानको बिहीबार साँझसम्म सार्वजनिक गरिएको तेस्रो चरणसम्मको नतिजाअनुसार उनी राष्ट्रपति चयन भएकी हुन्। भारतमा ५० प्रतिशतभन्दा बढी मत ल्याएपछि राष्ट्रपति बन्ने निश्चित हुन्छ ।

राष्ट्रप्रमुख चयनको प्रतिस्पर्धामा मुर्मूले विपक्षी उम्मेदवारका रूपमा रहेका अनुभवी नेता यशवन्त सिन्हालाई  पराजित गरेकी छिन् ।  यसैबीच सिन्हाले मुर्मूलाई जितका लागि बधाई दिएका छन् ।  सिन्हा पहिला भाजपामै थिए। प्रधानमन्त्री अटलबिहारी वाजपेयीको नेतृत्वमा रहेको भाजपा सरकारमा सिन्हा वरिष्ठ मन्त्री थिए ।  

राष्ट्रपति चयन प्रक्रियामा संघीय संसद्का दुवै सदन र राज्य तथा केन्द्रप्रशासित भूभागका व्यवस्थापिका संसद्का सदस्यहरूले मतदान गरेका थिए । उनलाई सत्तारूढ भारतीय जनता पार्टी भाजपाले उम्मेदवार बनाएको थियो । मुर्मू यसअघि झारखण्डकी राज्यपाल थिइन् ।

मुर्मू रामनाथ कोविन्दको उत्तराधिकारी हुनेछिन् । कोविन्दको कार्यकाल जुलाई २४ मा सकिन लागेको छ । उनी भारतको राष्ट्राध्यक्ष बन्ने दोस्री महिला हुन् । सन् २००७ जुलाईदेखि २०१२ सम्म राष्ट्रपति बनेकी प्रतिभा पाटिल भारतकी प्रथम महिला राष्ट्रपति हुन् । नवनिर्वाचित राष्ट्रपतिले आगामी सोमबार पद तथा गोपनीयताको शपथ लिने बताइएको छ ।     

ad
ad