१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २४ सोमबार १३:११:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

पर्यटन उद्योग सुधार्न चाँडै पर्यटन पुनरुत्थान कार्यक्रम घोषणा गर्छौँ : मन्त्री श्रेष्ठ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १३:११:oo

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटन उद्योगलाई सुधार गर्न चाँडै पर्यटन पुनरुत्थान कार्यक्रम घोषणा गर्ने बताएका छन् । बुधबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको सिमफोजिम पार्टनरसिप रेजिलेन्ट टुरिजम कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताए । मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रसँग सम्बन्धित सरोकारवाला निकायहरूसँग पर्यटन पुनरुत्थानका लागि गर्नुपर्ने सुझाव लिइसकेकाले सुझावको आधारमा पर्यटन पुनरुत्थान कार्यक्रम घोषणा गर्ने तयारी मन्त्रालयले गरेको बताए । उनले पर्यटन पुनरुत्थान कार्यक्रम घोषणाले कोरोना महामारीबाट थला परेको पर्यटन उद्योगको सुधार र प्रर्यटन प्रवर्द्धन हुने दाबी गरे।  मन्त्री श्रेष्ठले पर्यटन पुनरुत्थान कार्यक्रमलाई राष्ट्रिय अभियानको रूपमा नै अगाडि बढाउने मान्यतामा आफू रहेको बताए । 

उनले भने, ‘अर्थतन्त्रमा आइपरको कठिनाइ तथा भविष्यमा आउने कठिनाइमा समेत पर्यटन उद्योगलाई कम प्रभाव पार्ने गरी पर्यटन क्षेत्रको दिगो विकास कसरी गर्ने र पर्यटन क्षेत्रलाई ग्रामीण पर्यटनमा परिवर्तन गरी ग्रामीण फाइनान्सिङको माध्यमबाट वातावरणको संरक्षण गर्दै पर्यटनको माध्यमबाट बढीभन्दा बढी आयआर्जन गरी अधिक रोजगारीको सिर्जना कसरी गर्न सकिन्छ भन्ने विषयमा पर्यटन मन्त्रालय गम्भीर रहेको छ  । कोभिड महाकारीको कारण पर्यटन क्षेत्रमा आएको सिथिलता एवं कठिनाइका बाबजुद पनि पर्यटन उद्योगलाई आन्तरिक पर्यटनले निकै टेवा पुर्‍याएको छ । आन्तरिक पर्यटकलाई समेत समग्र पर्यटकको रेजिलेन्ट आधारस्तम्भको रूपमा विकास गरी यसको जगमा पर्यटन क्षेत्रको विकास गर्ने अवधारणा बनाउन आवश्यक छ ।’

पर्यटनमन्त्री श्रेष्ठले अर्थतन्त्रमा आइपरेको कठिनाइ तथा भविष्यमा आउने कठिनाइलाई समेत अनुमान गरेर पर्यटन उद्योगलाई कम प्रभाव पार्ने गरी पर्यटन क्षेत्रको दिगो विकास गरी पर्यटकबाट बढीभन्दा बढी आय आर्जन गर्ने र रोजगारी सिर्जना कसरी गर्ने भन्ने विषयमा मन्त्रालय गम्भीर रहेको बताए । उनले कोभिड महाकारीको कारण पर्यटन क्षेत्रमा आएको शिथिलता एवं कठिनाइका बाबजुद पनि पर्यटन उद्योगलाई आन्तरिक पर्यटनले निकै टेवा पुर्‍याएको बताए । मन्त्री श्रेष्ठले अब आन्तरिक पर्यटकलाई समेत समग्र पर्यटकको दिगो विकासको आधारस्तम्भको रूपमा विकास गरी पर्यटन क्षेत्रको विकास गर्ने अवधारणा बनाउन आवश्यक रहेको बताए । नेपालले भारत, चीन, बंगलादेशलगायतका छिमेकी देशहरूबाट आउने पर्यटकको प्रवर्द्धन गरी पर्यटन क्षेत्रलाई सुदृढ बनाउन आवश्यक देखिएको भन्दै मन्त्री श्रेष्ठले  सार्क देशहरूबाट गुणस्तरीय पर्यटन आगमन एवं क्रसबोर्डर पर्यटनका लागि समेत अधिक प्रयास गर्नु आवश्यक रहेको बताए । 

 

ad
ad