मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज १७ बुधबार
  • Wednesday, 04 October, 2023
नयाँ पत्रिका काठमाडाैं
२०७९ श्रावण ४ बुधबार १२:३५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सवारी दुर्घटना कम हुने गरी निर्देशन जारी गर्न प्रधानमन्त्रीलाई डिला संग्रौलाको आग्रह 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ श्रावण ४ बुधबार १२:३५:००

प्रतिनिधिसभा सदस्य डा. डिला संग्रौला पन्तले वर्षायाममा हुने सवारी दुर्घटना कम हुने गरी निर्देशन जारी गर्न प्रधानमन्त्रीलाई अनुरोध गरेकी छिन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा शून्य समयमा बोल्दै प्रतिनिधिसभा सदस्य पन्तले वर्षायामको सुरुवातदेखि दसैँ, तिहारसम्ममा धेरै सवारी दुर्घटना हुने भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

उनले सवारी दुर्घटना न्यूनीकरणका लागि संघ वा प्रदेश सरकार कसको जिम्मेवारी हो भन्ने प्रश्न पनि गरिन् । उनले सम्बन्धित निकायले दुर्घटना कम हुने गरी काम गर्न निर्देशन जारी गर्न प्रधानमन्त्रीलाई आग्रह गरिन्