१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका विराटनगर
Invalid date format ११:४६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संविधान कार्यान्वयनको दिशातर्फ देश अघि बढिरहेको छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
नयाँ पत्रिका
Invalid date format ११:४६:oo

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधान कार्यान्वयनको दिशातर्फ देश अघि बढिरहेको बताएका छन्।

प्रेस चौतारी नेपाल प्रदेश १ कमिटीले मंगलबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेपालको संविधान राष्ट्रिय सहमतिका आधारमा जारी भएको बताए। वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, ‘संविधान अपरिवर्तनीय होइन, आवश्यकता परेमा समयसापेक्ष संशोधन गर्न सकिन्छ।’

आगामी संघ र प्रदेशको निर्वाचनमा आफ्नो पार्टीले श्रेष्ठता हासिल गर्ने दाबी गर्दै उनले निर्वाचनमा एमाले एक्लै जान तयार रहेको बताए। उनले भने, ‘निर्वाचनमा स्थानीय आवश्यकताअनुसार तालमेल हुन सक्छ।’ 

वरिष्ठ उपाध्यक्ष पोखरेलले प्रदेश १ को नामकरण प्रदेश सभाको एकल अधिकारको विषय भएको चर्चा गर्दै यसका लागि साझा सहमतिका आधारमा सबैलाई स्वीकार्य हुनुपर्ने बताए। रासस