१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण १ आइतबार
  • Sunday, 11 May, 2025
कोहलपुर चौराहबाट आठ किलोमिटर उत्तरमा रहेको गाभर भ्याली होमस्टे ।
२o७९ श्रावण १ आइतबार ११:१o:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

गाभर भ्याली होमस्टेमा थारू संस्कृतिको अवलोकन र रैथाने खानाको स्वाद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ श्रावण १ आइतबार ११:१o:oo

नेपालगन्जबाट २४ र कोहलपुर चौराहबाट आठ किलोमिटर उत्तरमा छ गाभर भ्याली होमस्टे । चारैतर्फ पहाडले घेरिएको सुन्दर यस भ्याली पछिल्लो समय होमस्टेका कारण पनि चर्चित बनिरहेको छ ।

यहाँका होमस्टेमा विशेष गरी रैथाने परिकारका लागि चर्चित छन् । होमस्टेहरूले आगन्तुकहरूलाई परिवारकै सदस्यले झैँ खानपिन र वास बसाउने गरेका छन् । यहाँ पुग्ने जो–कोहीले आफ्नै घर पुगेको जस्तो अनुभूति गर्ने गरेको बताउँछन् । 

गाभर भ्यालीमा २० वटा जति होमस्टे छन् । यहाँका हरेक घरको फरक–फरक विशेषता छ । तर, हरेक होमस्टेमा थारू परिकार भने पाइन्छ । ‘हामीकहाँ विभिन्न थरीका परिकार पाइन्छ, तर विशेष गरी थारू परिकारलाई प्राथमिकता दिएका छौँ । थारू परिकार र सत्कार पाइने होमस्टेका रूपमा यसलाई विकास गरेका छौँ,’ सञ्चालक कृष्णलाल चौधरीले भने । 

होमस्टेमा थारू समुदायले परापूर्वकालदेखि प्रयोग गर्दै आएको (हेल्का, डेल्या, हलो, जुवा, छट्री, जाल, जब्या, दुना, टपरी, तेल पेल्ने कोल, ढिकी, जाँतो) पौराणिक सामग्री अवलोकन गर्न पाइन्छ । घर नम्बर १ होमस्टेले थारू समुदायमा प्रचलित देवीदेवताको मूर्ति र चित्र हेर्ने व्यवस्था गरेको छ । यस होमस्टेमा थारू संस्कृति र संस्कारसँग सम्बन्धित मूर्ति तथा लत्ताकपडा अवलोकन गर्न सकिन्छ । ‘थारू कला संस्कृतिको अध्ययन, अनुसन्धान गर्नेहरूका लागि उचित स्थान हुन सक्छ,’ चौधरीले भने । 

होमस्टेले वातावरण संरक्षणलाई समेत जोड पनि दिएको छ । होमस्टे परिसरमा विभिन्न थरीका फलफूलका बोट र बिरूवाको अवलोकन गर्दै आनन्द लिन सकिन्छ । होमस्टे परिसरमा अर्जुन, पारिजात, सतिसाल, विजयसाल, धुपीसाल, सतिवन, कपुर, कदम, मौवा, असना, हर्रो, अमला, मालु, बोतलब्रास, सेरी, कचरी, शीतलचिनी, सुनाखरी, अमलेसो, चमेली, कटहर, लिची, पिपल, विभिन्न जातका कागती, जामुन, निम, बकाइनो, गुलमोहरलगायत फलफूलका बिरूवा छन् ।