मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ असार ३२ शनिबार १६:०२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लमजुङमा एक वर्षमा ६० फरार अभियुक्त पक्राउ

Read Time : < 1 मिनेट
२०७९ असार ३२ शनिबार १६:०२:००

लमजुङ प्रहरीले चालू आर्थिक वर्षमा मात्रै ६० फरार अभियुक्त पक्राउ गरेको छ। लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीका अनुसार पक्राउ परेका फरार अभियुक्तमध्ये ४५ जना पुरुष र १५ जना महिला रहेका छन्।

उनीहरू सबैबाट कुल ३९ वर्ष तीन महिना नाै दिन कैद र एक करोड ३६ लाख १८ हजार नाै सय ९६ रुपैयाँ जरिवाना असुल गर्नुपर्ने अभियुक्त हुन्। लमजुङ प्रहरीले आव ०७७/७८ मा ४२ पुरुष र ११ महिला गरी ५३ फरार अभियुक्तलाई पक्राउ गरेको थियो। उनीहरूबाट तीन लाख ५३ हजार तीन सय ५० रुपैयाँ जरिवाना र १६ वर्ष ६ महिना तीन दिन कैद असुल गरेको थियो।

त्यसैगरी, आव ०७६/७७ मा नाैजना पुरुष फरार अभियुक्तबाट २० वर्ष दुई महिना एक दिन कैद र ९७ हजार सात सय ८२ रुपैयाँ जरिवाना असुल गरिएको थियो। डिएसपी कार्कीका अनुसार पछिल्लो समय जिल्ला प्रहरी कार्यालय लमजुङले अभियान नै सञ्चालन गरेर फरार प्रतिवादी पक्राउ गर्दै आएको छ ।