१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार १५:o७:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मानव–वन्यजन्तु द्वन्द्व समाधानबारे प्रजिअसँग गृहमन्त्रीको छलफल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १५:o७:oo

गृहमन्त्री बालकृष्ण खाणले जंगली जनावर र नागरिकबीचको द्वन्द्व समाधानका लागि कसरी अगाडि बढ्ने भन्ने विषयमा सम्बन्धित मन्त्रालय र सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग कुराकानी गरेका छन्।

गृहमन्त्री खाणले वन तथा वातावरण मन्त्रालयका सचिव पेमनारायण कँडेल, बर्दियाका प्रजिअ बन्धुप्रसाद बास्तोला र झापाका प्रजित छविलाल रिजालसँग वन्यजन्तु र नागरिकबीचको दूरी कम गर्न कसरी अगाडि बढ्ने भन्ने विषयमा टेलिफोनमा कुराकानी गरेका हुन्। झापामा जंगली हात्ती मृत भेटिएको र बर्दियामा नागरिकमाथि पटक–पटक बाघको आक्रमण हुन थालेपछि समस्या समाधानको पहलका लागि गृहमन्त्री खाणले सम्बन्धित निकायका प्रमुखसँग कुरा गरेका हुन्।

बर्दियाको मधुवन नगरपालिका वडा नम्बर १, २ र ३ मा जंगली जनावरले नागरिकलाई पटक–पटक आक्रमण गर्ने गरेका छन्। गत जेठमा बाघले पटक–पटक आक्रमण गरेपछि मधुवन नगरपालिकाको वडा नम्बर २ ओराली बजारका स्थानीय बासिन्दाले आन्दोलन गरेका थिए । आन्दोलनका क्रममा प्रहरीसँग झडप हुने अवस्थासमेत आएको थियो ।

त्यसपछि मधुवन नगरपालिका प्रमुख तेजबहादुर भाटसहित टोलीले काठमाडौं आएर प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाणलाई भेटेर वन्यजन्तुको आक्रमणबाट रोक्न जंगल र बस्तीबीचमा तारबारको व्यवस्था गर्न माग गरेको थियो। त्यो तारबार कसरी र कुन निकायमार्फत गर्ने भनेर गृहमन्त्री खाणले आफूसँग छलफल गरेको बर्दियाका प्रजिअ बस्तोलाले जानकारी दिए।

‘जंगली जनावर र नागरिकबीचको दूरी बढाउन कसरी कुन निकायमार्फत अगाडि बढ्ने भन्ने विषयमा गृहमन्त्रीज्यूले टेलिफोनमा कुराकानी गर्नुभएको थियो । मैले वन मन्त्रालयसँग समन्वय गरेर अगाडि बढ्दा उपयुक्त हुने बताए,’ प्रजिअ बास्तोलाले बताए। वनक्षेत्रबाट बाघ बस्तीमा प्रवेश गर्न नपाउन् भनेर तारबारका लागि जिल्लाबाट बजेट छुट्टाउन केन्द्रमा माग गरिएको बास्तोलाले बताए ।

यता झापामा पछिल्लो एक महिनामा तीन जंगली हात्ती मृत फेला परेका छन्।  दुई वयस्क र एक बच्चा हात्ती के कारणले मरे भन्ने निश्चित भएको छैन। प्रकृति संरक्षण कोषले हात्ती मृत भेटिएको कारण पत्ता लगाउन छानबिन समिति बनाएको छ ।

ad
ad