१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार ३२ शनिबार
  • Friday, 01 November, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ असार ३२ शनिबार o८:५६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाल बैंकको ‘पायनियर बचत खाता’ सञ्चालनमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार ३२ शनिबार o८:५६:oo

नेपाल बैंक लिमिटेडले उच्च ब्याजदरसहित आकर्षक विशेषता भएको नेपाल बैंक पायनियर बचत खाता सञ्चालनमा ल्याएको छ । बैंकले उक्त बचत खातामा उच्च ब्याजदर वार्षिक आठ दशमलव ०३ प्रतिशत रहेको तथा १० लाख रुपैयाँसम्मको नि:शुल्क दुर्घटना बिमा सुविधासहितको खाता योजना ल्याएको हो ।

पायनियर बचत खाता खोल्ने ग्राहकले नि:शुल्क डेबिट र क्रेडिट कार्ड सुविधा, नि:शुल्क डिजिटल बैंकिङ सूविधाहरू, लकर सुविधामा ५० प्रतिशत छुट, नि:शुल्क डिम्याट खाता तथा सि–आस्बालगायतका सुविधा पाउने बैंकले जनाएको छ । नेपालभर दुई सय १९ शाखा, एक सय ८२ एटिएमका साथै ४७ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिइरहेको जनाएको छ ।