मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८१ कार्तिक १६ शुक्रबार
  • Thursday, 10 July, 2025
२o८१ कार्तिक १६ शुक्रबार o५:५४:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

जुम्लामा यस वर्ष २० हजार ५११ मेट्रिक टन स्याउ उत्पादन    

स्याउ बिक्रीबाट जुम्लामा ६१ करोड ४१ लाख रुपैयाँ भित्रियाे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक १६ शुक्रबार o५:५४:oo

स्याउ बिक्रीबाट जुम्लामा ६१ करोड ४१ लाख रुपैयाँ भित्रियाे

जुम्लामा यस वर्ष २० हजार ५११ मेट्रिक टन स्याउ उत्पादन भएको छ । कृषि विकास कार्यालय जुम्लाले सार्वजनिक गरेको तथ्यांकअनुसार चार हजार २५० हेक्टर जमिनमा लगाइएकाे स्याउबाट २० हजार ५११ मेट्रिक टन (४६ क्विन्टल) स्याउ उत्पादन भएको छ ।

यहाँका आठवटै स्थानीय तहको स्याउ बिक्रीबाट ६१ करोड ४१ लाख रुपैयाँ जिल्लामा भित्र्याएको कार्यालय प्रमुख बालकराम देवकोटाले जानकारी दिए । जसमध्ये नौ हजार ३९१ मेट्रिक टन स्याउ जिल्लाबाहिर निर्यात भएको छ ।

ट्रक, बस, जिप तथा हायस र जहाजबाट समेत स्याउ निर्यात भएको कार्यालय प्रमुख देवकोटाले बताए । उनले भने, ‘बसबाट एक हजार ६६० मेट्रिक टन, जिप र हायसबाट ६६४ मेट्रिक टन र जहाजबाट ७४ मेट्रिक टन स्याउ निर्यात भएको छ ।’

त्यस्तै, मालवाहक ट्रकबाट ६ हजार ९९३ मेट्रिक टन स्याउ निर्यात भएको छ । ८३७ जना स्याउ व्यापारीले किसानको स्याउ बजारमा लगेका छन् । जुम्ली किसानले प्रतिकेजी सरदर मूल्य ६० रुपैयाँमा स्याउ बेचेको कार्यालय प्रमुख देवकोटाको भनाइ छ ।