१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक १५ बिहीबार
  • Thursday, 03 July, 2025
२o८१ कार्तिक १५ बिहीबार १७:२६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

महाकवि देवकोटा स्मृति सम्मानबाट माधव पोख्रेल सम्मानित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक १५ बिहीबार १७:२६:oo

महाकवि लक्ष्मीप्रसाद देवकोटा स्मृति साहित्य सम्मान–२०८१ बाट यस वर्ष साहित्यकार माधवबहादुर पोख्रेललाई सम्मानित गरिएको छ। साहित्य संगम मकवानपुर र युगप्रकाश क्लब हेटौँडाले संयुक्त रूपमा ११६औँ देवकोटा जयन्तीको अवसर पारेर साहित्यकार पोख्रेललाई सम्मान प्रदान गरेको हो। 

बिहीबार हेटौँडा- ११ स्थित त्रिभुवन नमुना माविको प्रांगणमा भएको एक साहित्यिक कार्यक्रमका बिच पोखरेललाई नगद राशी १० हजार रुपैयाँसहित सम्मानपत्रले सम्मानित गरिएको साहित्य संगम मकवानपुरका अध्यक्ष डिबी बर्तौला जानकारी दिए। पोखरेललाई कार्यक्रमका प्रमुख अतिथि हेटौँडा ११ की वडाध्यक्ष जुना दाहाल, साहित्य संगम मकवानपुरका अध्यक्ष डबी बर्तौलालगायतले नगदसहित सम्मानपत्र प्रदान गरेका थिए। 

नेपाली साहित्यको उन्नयन र श्रीवृद्धिमा उल्लेखनीय योगदान पुर्‍याएबापत साहित्यकार पोख्रेललाई सम्मान गरिएको संगमका अध्यक्ष डिबी बर्तौलाले जानकारी दिए। मातृभूमि साहित्य समाज मकवानपुरका निवर्तमान अध्यक्ष एवं भीम विराग प्रतिष्ठान नेपालका कोषाध्यक्षसमेत रहेका पोख्रेलले नाटक, कविता, गीतलगायत साहित्यका विभिन्न विद्यामा कलम चलाएको अध्यक्ष बर्तौलाले बताए।

उक्त अवसरमा मातृभूमि साहित्य समाजका पूर्वअध्यक्ष हयग्रिब आचार्य, साहित्य संगम मकवानपुरका पूर्वअध्यक्षहरू निमेश निखिल, श्याम बानियाँ, सुवास खनाल मकवानपुर उद्योग वाणिज्य संघका महासचिव दीपक उप्रेतीलगायतको उपस्थिति रहेको थियो। सम्मान समर्पण कार्यक्रमअघि हेटौँडा११ स्थित सहिद स्मारक जाने गेट मेनरोडबाट कार्यक्रमस्थल त्रिभुवन नमुना माविसम्म प्रभातफेरीको आयोजनासमेत गरिएको थियो।