मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ कार्तिक १० शनिबार
  • Thursday, 13 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक १० शनिबार १५:५३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जिल्ला अदालतमा ३३ लाखको हार हराएपछि ...

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक १० शनिबार १५:५३:oo

काठमाडौं जिल्ला अदालतमा एक सेवाग्राहीको ३३ लाख रुपैयाँबराबरको हिराको हार हराएकोमा प्रहरीले सिसिक्यामेराको सहयोगमा फेला पारेको छ।

बिहीबार दिउँसो जमुना घलेको हार हराएको थियो। शुक्रबार प्रहरीले सिसिक्यामेराको सहयोगमा पत्ता लगाएको हो। सो हार एक कानुन व्यवसायीसँग भेटिएको छ। 

प्रहरी स्रोतका अनुसार अदालतमा सफा गर्ने कामदारले कुनै सामान्य वस्तु ठानेर बढार्ने क्रममा कुनामा लगेर राखेकी थिइन्। सिसिक्यामेरामा एक कानुन व्यवसायीले टिपेर खल्तीमा हालेको देखियो। बार एसोसियनको सहयोगमा प्रहरीले ती कानुन व्यवसायीको पहिचान गरेको थियो। ती कानुन व्यवसायीले धनीलाई हार फिर्ता गरेका हुन्।