१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
Invalid date format १o:o४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मनाङ र लमजुङ पूर्ण खोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:o४:oo

हिमाली जिल्ला मनाङ र लमजुङलाई पूर्ण खोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा गरिएको छ । मंगलबार मनाङलाई गण्डकी प्रदेशकै पहिलो र बिहीबार लमजुङलाई दोस्रो जिल्लाको रूपमा पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिएको हो । 

बिहीबार सदरमुकाम बेँसीसहरमा आयोजित एक कार्यक्रमबीच लमजुङलाई पूर्ण खोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा गरिएको हो । राष्ट्रिय खोप तालिकामा समावेश भएका सबै खोप, सबै बालबालिकाले लगाएकाले जिल्लालाई पूर्ण खोप सुनिश्चितता दिगोपना भएको मान्ने गरिन्छ । 

हालसम्म राष्ट्रिय खोप तालिकामा १३ वटा रोगविरुद्धको खोप समावेश गरिएको छ । सोहीअनुसार जन्मेदेखि १५ महिनाभित्रका सबै बालबालिकाले यो खोप पूर्ण रूपमा लगाएको हुनुपर्दछ ।

तोकिएको मापदण्डअनुसार यस वर्ष लमजुङका एक हजार पाँच सय ८० जना खोप लगाउनुपर्ने सबै बालबालिकाले खोप लगाएकाले लमजुङलाई पूर्ण खोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय लमजुङका भेक्टर कन्ट्रोल निरीक्षक यम बरालले जानकारी दिए । उनले भने, ‘लमजुङका आठवटै स्थानीय तहले पूर्ण खोप घोषणा गरेसँगै जिल्लालाई बिहीबार पूर्ण खोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा गरिएको हो ।’ 

लमजुङलाई ०७३ पुस २६ गते पूर्ण खोप जिल्ला घोषणा गरिएको हो । नेपाल सरकारकै कार्यक्रमअनुसार वर्षैपिच्छे जिल्लालाई पूर्ण खोप घोषणा गर्नुपर्ने मान्यताअनुसार घोषणा गरिएको हो ।