१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७९ असार ३० बिहीबार ०९:५३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिराहामा दुईजना मृत फेला

Read Time : < 1 मिनेट
२०७९ असार ३० बिहीबार ०९:५३:००

सिराहामा अलगअलग घटना दुईजनाको मृत्यु भएको छ । सिराहाको गोलबजार नगरपालिका-८ चोहर्वामा करेन्ट लागेर बुधबार राति ५५ वर्षीय अशेश्वर मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । 

घरनजिकैको खेतमा पानी पटाउन पुगेको मण्डललाई राति खाना खान बोलाउन पुग्दा करेन्ट लागेर मृत्यु भएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।

यस्तै, सिराहाको मिर्चैया नगरपालिकामा आज बिहान एक युवकको शव फेला परेको छ । मिर्चैया नगरपालिका-९ घुर्मीचौकदेखि एक सय मिटर उत्तर सडक किनारमा शव फेला परेको हो ।  शव मिर्चैया नगरपालिका-९ ढोढ्ना फत्तेपुरका २९ वर्षीय जीवन साहको रहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

मृत्यु भएको साह बुधबार साँझ प्र.२–०१–००३ प २३४८ नम्वरको मोटरसाइकलमा तरकारी किन्न मिर्चैया बजार हिँडेकाे परिवारले जनाएको छ । उनी चढेको मोटरसाइकल सडकको अर्को किनारामा लडेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी हरिबहादुर ओलीले प्रारम्भिक अनुसन्धानको क्रममा तीव्रगतिका कारण मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको  देखिए पनि घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ  ।