Skip This
एनएमबिले अन्तर्राष्ट्रिय शैक्षिक भुक्तानी अनलाइनबाटै गरिदिने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २९ शनिबार o६:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

एनएमबिले अन्तर्राष्ट्रिय शैक्षिक भुक्तानी अनलाइनबाटै गरिदिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार o६:१३:oo

एनएमबि बैंकले विदेशमा अध्ययनरत तथा विदेशमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीलाई लक्षित गरी डिजिटल भुक्तानीका लागि फ्लाइवायर कर्पोरेसनसँग द्विपक्षीय समझदारी गरेको छ ।  समझदारीअनुसार एनएमबि फ्लाइवायरका तर्फबाट विश्वका एक हजार सात सयभन्दा बढी शैक्षिक संस्थाहरूमा भुक्तानी गर्न सक्ने नेपालको एक मात्र बैंक भएको जनाइएको छ । नेपालबाट विदेशमा अध्ययनरत तथा विदेश अध्ययन गर्न जाने विद्यार्थीले फ्लाइवायरमार्फत अमेरिका, क्यानडा र अस्ट्रेलियामा अन्तर्राष्ट्रिय शिक्षाको भुक्तानीका लागि एनएमबिको कुनै पनि शाखाबाट आफ्नो शैक्षिक खर्च तिर्न सक्ने बैंकले जनाएको छ । 

अन्तर्राष्ट्रिय शैक्षिक शुल्क भुक्तानी गर्न चाहने नेपाली ग्राहकका लागि परम्परागत भुक्तानी प्रक्रिया निकै झन्झटिलो र सुरक्षा जोखिमयुक्त रहेको बैंकले जनाएको छ । त्यस्तै, रकम प्राप्त हुने संस्थामा पनि ट्युसन शुल्कहरू सजिलै ट्र्याक गर्न र विभिन्न मुद्रामा भएको भुक्तानी स्वीकार गर्न पनि गाह्रो हुने तथा धेरै कागजी प्रक्रियाहरू पूरा गर्नुपर्ने बाध्यता रहेको बैंकको भनाइ छ । फ्लाइवायरसँगको समझदारीले अन्तर्राष्ट्रिय शैक्षिक खर्चको भुक्तानीका लागि नयाँ प्रकारको उच्च डिजिटल प्रविधियुक्त सेवा प्रदान गर्ने बैंकले जनाएको छ । 

बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले भने, ‘फ्लाइवायरसँगको सहकार्यले हामी ग्राहकका लागि विभिन्न जोखिमहरू हटाई एक सुव्यवस्थित भुक्तानी प्रदान गर्ने लक्ष्य राख्छौँ । हामी विश्वस्त छौँ कि यो साझेदारी हाम्रा ग्राहकका लागि अन्तर्राष्ट्रिय शैक्षिक भुक्तानीका लागि एकद्वार समाधानको स्रोतले गर्दा महत्वपूर्ण हुनेछ ।’ 

फ्लाइवायरका कार्यकारी उपाध्यक्ष सेरोन बटलरले अस्ट्रेलिया, अमेरिका, क्यानडाका र अन्य सबै ग्राहकले पनि नेपालबाट अध्ययन गर्न आउने विद्यार्थीलाई अझ सरल भुक्तानी माध्यमका लागि सोधिरहेको सन्दर्भमा एनएमबि बैंकसँग समझदारी गरेर उनीहरूको आवश्यकता पूरा गर्न सफल भएको बताए । 

ad
ad