मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ असार २३ बिहीबार १७:५५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उपराष्ट्रपति र भारतीय राजदूतबीच शिष्टाचार भेट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असार २३ बिहीबार १७:५५:००

उपराष्ट्रपति नन्दबहादुर पुन र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच शिष्टाचार भेट भएको छ । बिहीबार अपराह्न उपराष्ट्रपति भवन, हरितगृहमा भएको भेटमा दुई देशबीचको सम्बन्ध र सहकार्यका विविध पक्षमा कुराकानी भएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए ।

प्रेस संयोजक घर्तीमगरका अनुसार भेटमा उपराष्ट्रपतिले दुई देशबीच धार्मिक, सांस्कृतिक, आर्थिक सम्बन्ध रहेको उल्लेख गर्दै सम्बन्धलाई दिगो बनाउनुपर्नेमा जोड दिएका थिए । उपराष्ट्रपतिले भारतसँग नेपालको व्यापार घाटा उच्च रहेको बताउँदै व्यापार सन्तुलनका लागि भारतको भूमिका महत्वपूर्ण हुने बताएका थिए । राजदूत श्रीवास्तवले नेपाल भारतको असल छिमिकी मित्र भएको बताए । उनले आफ्नो कार्यकालमा नेपाल भारत सम्बन्धलाई थप सुदृढ गर्ने प्रयास गर्ने बताएका छन् ।