१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार १२:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

गिरिजाप्रसाद कोइरालाको नाममा संग्रहालय बनाउन सुजाताको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १२:२७:oo

विराटनगरमा गिरिजाप्रसाद कोइरालाको नाममा संग्रहालय बनाउन नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेकी छिन्। मंगलबार नेपाल ट्रेड युनियन कांग्रेसले आयोजना गरेको पूर्वप्रधानमन्त्री तथा स्वर्गीय नेता कोइरालाको सालिक अनावरण कार्यक्रममा बोल्दै विराटनगरको जुटमिलमा रहेको १४ कट्ठामा बनेको भवनलाई कोइरालाको नाममा संग्रहालय बनाउन उनले माग गरेकी हुन्।

उनले उक्त भवनमा अहिले पनि ऐतिहासिक सामग्रीहरू रहेको उल्लेख गर्दै त्यसलाई संग्रहालय बनाउन आवश्यक रहेको बताइन्। ‘जुटमिलमा एउटा १४ कट्ठाको बिल्डिङ छ, त्यसलाई म्युजियमको रपमा बनाऔँ,’ उनले भनिन्, ‘त्यहाँ यस्ता सामग्रीहरू छन्, जुन आज कसैले पनि कतै ती सामग्री पाउनुहुन्न।’

उनले स्वर्गीय नेता कोइरालाले तत्कालीन समयमा विदेशबाट ल्याएका केही सामग्री त्यहाँ यथावत् रहेको बताइन्। त्यसलाई म्युजियमको रूपमा संरक्षण गर्नुपर्ने उनको भनाइ छ।

ad
ad