१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
बामदेव गाैतमलाई कारबाही पछि संयाेजक घाेषणा भएका युवराज सफलसहितका नेताहरु
मुख्य समाचार डिजिटल संस्करण

आफूलाई निष्कासन गर्नेहरूलाई वामदेवले पनि गरे निष्कासन,आत्मालोचना गरे चारजनाको कारबाही पुनर्विचार हुनसक्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:५४:oo

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आफूलाई निष्कासन गर्ने चार पार्टीका अध्यक्षलाई पनि निष्कासनको निर्णय गरेका छन्। शनिबार गौतमलाई संयोजकबाट निष्कासित गरेर संयोजकमा सचिवालय सदस्य युवराज सफललाई तोकिएपछि लगत्तै सचिवालय बैठक राखेर गाैतमले यस्ताे निर्णय गराएका हुन् । 

शनिबार बसेको बैठकले यसबारे विज्ञप्ति जारी गरेर कारबाहीको जानकारी गराइएको छ । गौतम समूहको बैठकले पनि संयोजक तोकिएका समाजवादी केन्द्र नेपालका सर्वोच्च नेता सफल, आधुनिक नेपाल समाजवादी पाटीका अध्यक्ष कृष्णगोपाल बन्जरा, नेकपा(राष्ट्रवादी)का अध्यक्ष मीननाथ देवकोटा, आम नेपाली पार्टीका अध्यक्ष नीलकण्ठ पौडेल र तेजबहादुर कार्कीलाई  पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । 

प्रचार विभाग प्रमुख तथा सचिवालय सदस्य निमकान्त पाण्डेका अनुसार कारबाहीको सूचनापछि शनिबार नै गौतमनिवास भैँसेपाटीमा बसेको गौतमसहितका ८ सचिवालय सदस्यको बैठकले यस्तो निर्णय गरेको हो । उनका अनुसार कारबाही गरिएका सफलबाहेकका चारजनालाई भने आत्मालोचना गरेर आएमा कारबाही नगरिने निर्णय भएको नयाँ पत्रिकालाई जानकारी दिए । ‘पार्टी हितविपरीत काम गर्ने पाँचैजनालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको छ । संयोजक घोषणा गरिएका सफलबाहेकका चारजनाका बिषयमा भने आत्मालोचना गरेर आए कारवाहीबारे पुनर्विचार हुनसक्छ,’ उनले नयाँ पत्रिकासँग भने ।