१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ असार १६ बिहीबार १९:५०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सभापतिले पार्टीको नेतृत्व गर्न सक्नुभएन : कांग्रेस नेता भण्डारी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असार १६ बिहीबार १९:५०:००

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको नेतृत्व गर्न नसकेको बताएका छन् । बिहीबार नेता शेखर कोइराला पक्षधरको भेलामा सहभागी भएका नेता भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले पार्टी विधानअनुसार काम गर्न नसकेको बताएका हुन् । 

अन्य पार्टीले मन्त्रिपरिषद् हेरफेर गरे पनि देउवाले आफ्नो पार्टीमा त्यसबारे बोल्नसमेत नसकेको नेता भण्डारीको भनाइ छ । उनले नेता शेखर कोइराला पक्षीय नेताहरूको भेला गुटको भेला नभई विचारको भेला भएको बताए ।

‘यो गुटको भेला होइन, विचारको भेला हो । हाम्रो पार्टीले छ महिनाको विधानअनुसार पनि काम गर्न नसक्ने, नीति अधिवेशन गर्ने हाम्रो प्रावधान छ । त्यो पनि गर्न नसक्ने । सबैले सरकार पुनर्गठन गर्छन् त्यसको बारेमा पनि कुनै आवाज उठाउन नसक्ने,’ उनले भने, ‘सिंगो पार्टीको पनि नेतृत्व गर्न नसक्ने भइसकेपछि केही कुरा छलफल हुन्छ ? सबै कुरालाई गुटको रूपमा हेर्नुहुँदैन । विचारको रूपले पनि हेर्नुपर्छ ।’ 

उनले देउवा सत्तामा जाने राजनीतिका लागि सफल व्यक्ति भएको बताए । सभापति देउवाले गुटको प्रतिनिधित्व नगरी सिंगो पार्टीको प्रतिनिधित्व गर्नुपर्ने उनको भनाइ छ । ‘गुटको प्रतिनिधित्व नगरेर सिंगो पार्टीको प्रतिनिधित्व गर्दै मुलुकको प्रतिनिधित्व गर्नुस् भन्ने हाम्रो दृष्टिकोण हो । तर उहाँले(देउवा) जुन केन्द्रीय समिति बनाउनुभएको छ, उहाँले जुन भातृ संस्थाहरू बनाउनुभएको छ । मैले उहाँलाई स्मरण मात्र गराउन चाहन्छु, नेविसंघ गठन गर्न सुशील कोइरालाले आफ्नो व्यक्ति राख्यो भनेर उहाँले नौ महिनासम्म केन्द्रीय समितिको मिटिङ गर्न नदिएको कुरा पनि उहाँले  सम्झिनुपर्छ ।’