Skip This
चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २६ बुधबार १५:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १५:o५:oo

प्रहरीले चेक अनादर (बाउन्स) मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ। काभ्रेको चौँरीदेउराली– ९ घर भई हाल ललितपुर पुल्चोक बस्दै आएका ४९ वर्षीय नाम्गेल दोर्जे लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो।

चेक अनादर मुद्दामा काठमाडौं जिल्ला अदालतले ०७७ माघ २५ मा लामाबाट पीडितलाई ब्याजसहित एक करोड २० लाख बिगो भराउने फैसला गरेको थियो। लामाले बिगो भुक्तानी नगरेको र अदालतको सूचना म्यादमा हाजिरसमेत नभएपछि गत असार १० गते दुई वर्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।

आदेशपछि असार १५ गते उनलाई बालुवाटारबाट पक्राउ गरी जिल्ला अदालत काठमाडौंमा बुझाइएको प्रहरीले जनाएको छ।

ad
ad