Skip This
देशका ६ वटै महानगरका प्रमुखको भेला पोखरामा हुने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
२o८१ बैशाख २९ शनिबार ११:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

देशका ६ वटै महानगरका प्रमुखको भेला पोखरामा हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार ११:२१:oo

देशका ६ वटै महानगरका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको भेला पोखरामा हुने भएको छ । पोखरा महानगरको आयोजनामा आगामी साउन पहिलो साता भेला आयोजना गरिएको छ ।

भेलामा प्रदेश सरकार र केन्द्र सरकारसँगको सम्बन्ध, महानगरपालिका प्रमुखहरूबीच अनुभव आदान–प्रदान र विविध योजनाका विषयमा छलफल हुने पोखरा महानगर प्रमुख धनराज आचार्यले बताए । ‘हामीले साउनको पहिलो हप्ता पोखरामा भेला आयोजना गरेका छौँ, सबै आउने निश्चित भइसकेको छ,’ उनले भने ।

भेलाले महानगरबीच अनुभव आदान–प्रदानमा सहयोग पुग्ने र  विकास निर्माणलगायत संघ र प्रदेश सरकारसँगको सम्बन्धलाई अझ कसरी अगाडि बढाउने भन्ने विषयमा पनि छलफल हुने आचार्यले जानकारी दिए ।

यसैबीच पोखरा महानगरका प्रमुख आचार्य र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहबीच भेटवार्ता भएको छ । काठमाडौं महानगरपालिका कार्यालयमा मंगलबार भेटवार्ता भएको हो । भेटका अवसरमा बजेट निर्माण, राजस्व संकलन तथा अन्य समसामयिक विषयमा छलफल भएको बताइएको छ । 

प्रमुख आचार्यले मंगलबार नै काठमाडौंमा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनसँग पनि भेटवार्ता गरेका छन् । आविष्कार केन्द्रमा आविष्कार भएका सामग्री पोखराको हितमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । ‘आविष्कार केन्द्रका अध्यक्ष पुनसँगको भेटमा उहाँहरूका उत्पादनलाई हामीले कसरी उपयोग गर्न सक्छौँ, महानगरको हित हुने उपकरणको विषयमा जानकारी मागेका छौँ, उहाँले रचनात्मक सुझाव दिनुभएको छ,’ प्रमुख आचार्यले भने । 

ad
ad