मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ असार १५ बुधबार १०:४४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अविरल वर्षा जारी : कहाँ–कहाँ बाटो अवरुद्ध ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असार १५ बुधबार १०:४४:००

मनसुन थप सक्रिय भएसँगै गएरातिदेखि देशका अधिकांश भू–भागमा मध्यमदेखि भारी वर्षा भइरहेको छ। वर्षाका कारण गएको पहिराेले राजमार्ग अवरुद्ध हुनुका साथै होचा ठाउँहरू डुबानमा परेका छन् । 

कहाँ–कहाँ बाटो अवरुद्ध ? 
वर्षासँगै आएको पहिरोका कारण हेटौँडाबाट संघीय राजधानी जोड्ने सिस्नेरी सडकखण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ । 

इन्द्रसरोवर गाउँपालिका–३ रामचन्द्र भञ्ज्याङस्थित गएराति आएको पहिरोका कारण उक्त सडकखण्डमा यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा कार्कीले जानकारी दिए । उक्त स्थानमा हाल पानी परिरहेका कारण पहिरो पन्छाउन कठिनाइ भइरहेको छ । पानी रोकिएपश्चात् पहिरो हटाई यातायात सञ्चालनमा ल्याइने उनले बताए । कुलेखानी–फाखेल सडकखण्ड र त्रिभुवन राजपथ भने सञ्चालनमा छ ।

यस्तै हेटौँडाबाट काठमाडौँ जोड्ने कान्ति लोकपथ पनि वर्षासँगै आएको पहिरोका कारण अवरुद्ध छ । ललितपुरको भट्टेडाँडा गारोखोलामा  आएको पहिरोका कारण उक्त सडकखण्ड अवरुद्ध बनेको इलालका प्रहरी कार्यालय ठिंगनले जनाएको छ ।

बाढीले डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्गको नवलपुर सडकखण्ड अवरुद्ध

पहिरोले मध्यपहाडी लोकमार्ग र बाग्लुङ - म्याग्दी सडक अवरुद्ध

वर्षाले विराटनगर महानगरका विद्यालय तीन दिन बन्द, रंगेलीमा कल्भर्ट बगाउँदा सवारी अवागमन अवरुद्ध   

अविरल वर्षाले दुःख गरेर बनाएको घर बगायो, विस्थापित सुकुमबासी बजारको टहरामा