निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ श्रावण २३ सोमबार
  • Monday, 08 August, 2022
२०७९ असार १५ बुधबार १०:२३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्गकाे नवलपुर सडकखण्ड अवरुद्ध

Read Time : < 1 मिनेट
२०७९ असार १५ बुधबार १०:२३:००

राजमार्ग पूर्ण रूपमा अवरुद्ध : डाइभर्सन बनाएर सडक खुल्न आज दिन भर लाग्न सक्ने

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुर खण्डमा सडकको डाइभर्सन बाढीले बगाउँदा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । नारायणगढ–बुटवल सडक विस्तारका लागि नवलपुरको विभिन्न स्थानमा निर्माण गरिएका डाइभर्सन आज बिहान बाढीले बगाउँदा राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जयराम वन्तका अनुसार नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–१ स्थित खहरेखेला, मध्यबिन्दु नगरपालिका– १० स्थित ठूलो खहरे र सानो खहरे खोलामा पुल निर्माणका लागि बनाइएका तीनवटा डाइभर्सन बाढीले बगाउँदा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो ।

मंगलबार दिउँसोदेखि परेको वर्षाका कारण बाढीले डाइभर्सन बगाएको हो । बाढीले डाइभर्सन बगाएको स्थानमा प्रहरीले डोजरको सहयोगमा डाइभर्सन निर्माण गरिरहेको वन्तले जानकारी दिए । स्थानीयका अनुसार डाइभर्सन बनाएर सडक खुल्न आज दिन भर लाग्न सक्ने देखिएको छ ।

पूर्व–पश्चिम राजमार्ग विस्तारको जिम्मा लिएको चाइना स्टेट कम्पनीले पछिल्लो सम्झौताअनुसार यो असार मसान्तसम्म काम सकिसक्नुपर्ने भए पनि अहिलेसम्म १८ प्रतिशत मात्र काम सकिएको छ । सडक अवरुद्ध हुँदा झरीमा यात्रुले निक्कै सास्ती खेप्नुपरेको छ ।