१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
गणेश लम्साल विराटनगर
२o८१ बैशाख ३१ सोमबार o९:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

वर्षाले विराटनगर महानगरका विद्यालय तीन दिन बन्द, रंगेलीमा कल्भर्ट बगाउँदा सवारी आवागमन अवरुद्ध   

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o९:१o:oo

मंगलबार बिहानदेखि अविरल रूपमा भएको भारी वर्षाले डुबान समस्या बढेपछि विराटनगर महानगरपालिकाले नगर क्षेत्रका सबै विद्यालय तीन दिन बन्द गराएको छ । भारी वर्षाले बाढीको समस्या बढेपछि मंगलबार साँझ आकस्मिक रूपमा बसेको विराटनगर महानगरको विपत् व्यवस्थापन समितिको बैठकले १५ देखि १७ असारसम्मका लागि नगर क्षेत्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको हो । 

महानगरपालिका शिक्षा महाशाखा प्रमुख दुर्गाप्रसाद खतिवडाका अनुसार तीन दिनसम्म अविरल वर्षाको समस्या रहेको र बाढी र डुबानले गर्दा कतिपय स्थानका विद्यालय सञ्चालन हुन नसक्ने अवस्थामा रहेको र धेरै ठाउँमा विद्यार्थीलाई आउजाउ गर्न समस्या हुने भएकोले विद्यालय बन्द गराइएको हो । खतिवडाका अनुसार अविरल वर्षाको समस्या नभएमा विद्यालय बन्दको अवधि लम्बिन पनि सक्नेछ । 

प्रहरीका अनुसार अविरल वर्षाले गर्दा विराटनगर महानगरको १, २, ४, ६, ७, ८, ११, १२, १६ र १९ नम्बर वडाका एक हजार पाँच सय घरपरिवार डुबानमा परेका छन् । विस्थापितलाई उद्धार गरेर सुरक्षित स्थानमा सारिसकेको र थपलाई सार्ने काम भइरहेको   प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए ।  अविरल वर्षाले गर्दा विराटनगर–रंगेली सडकखण्डअन्तर्गत हुलाकी राजमार्गमा पर्ने रंगेली नगरपालिका– १ मंगलबारेमा रहेको कल्भर्ट बगाएपछि सवारी आवागमन अवरुद्ध भएको छ । 

बाढीले गर्दा मोरङको सुन्दरहरैँचा र  सुनवर्षी, रंगेली, बेलबारी, रतुवामाई नगरपालिका अनि  केराबारी, कटहरी, जहदा, ग्रामथान, धनपालथान र बुढीगंगालगायत गाउँपालिकाका बासिन्दा प्रभावित भएका छन् ।अविरल वर्षाले गर्दा मोरङमा मंगलबार एकजनाको मृत्यु भएको थियो । एउटा खोलाको निर्माणाधीन पुल भत्किएको थियो  ।    
 

ad
ad