१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार o७:१८:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

नेपाली क्रिकेट टोलीको घोषणा : बसिर पहिलोपटक टोलीमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o७:१८:oo

लुम्बिनी प्रदेशका बायाँ हाते यूवा स्पिनर बसिर अहमद पहिलोपटक राष्ट्रिय क्रिकेट टोलीमा परेका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार आइसिसी विश्वकप लिग–२ र क्यानडासँगको एकदिवसीय प्रतियोगिताका लागि घोषणा गरेको टोलीमा बसिर अटाएका हुन् । 

नेपालले यसै महिना स्कटल्यान्डमा विश्वकप लिग–२ अन्तर्गत सिरिज तथा क्यानडामा एकदिवसीय अभ्यास खेल खेल्दै छ । यी दुवै प्रतियोगिताका लागि क्यानले १४ सदस्य टोली घोषणा गरेको हो । नेपालले स्टकल्यान्डमा आयोजकसँग नामिबियाविरुद्ध त्रिकोणात्मक एकदिवसीय सिरिजमा प्रतिस्पर्धा गर्नेछ । 

दुई साताअघि अमेरिकामा सम्पन्न विश्वकप लिग–२ मा अमेरिका र ओमानविरुद्ध प्रतिस्पर्धा गरेको थियो । सो सिरिजमा खराब प्रदर्शन गरेका सागर ढकाल, सुसन भारी तथा सुनील धमला टोलीबाट बाहिरिएका छन् । अलराउन्डर पवन सरार्फले राष्ट्रिय टोलीमा पुनरामगन गरेका छन् । 

बसिरसँग नेपाली राष्ट्रिय टोलीसँगको अनुभव छ । गत वैशाखमा जिम्बावेविरुद्धको ‘ए’ टोलीविरुद्ध बसिरले टी–२० र एकदिवसीय अभ्यास खेलमा प्रतिस्पर्धा गरेका थिए । सो खेलले आइसिसी मान्यता प्रदान गरेको थिएन । बसिरले भैरहवामा भएको प्रो क्लब च्याम्पियनसिपमा रुपन्देही ११ बाट प्रतिस्पर्धा गरेका थिए । 

सो प्रतियोगितामा उनी सर्वोत्कृष्ट खेलाडी बनेका थिए । बसिरकै उत्कृष्ट प्रदर्शनको मद्दतमा रुपन्देही विजेता बनेको थियो । रुपन्देहीले फाइनलमा मलेसिया सिनियर टोलीलाई सात विकेटले पराजित गरेको थियो । सो प्रतियोगितामा उनले पाँच खेलमा १० विकेट लिएका थिए । ब्याटिङमा उनले एक सय १९ रन बनाए । 

दबाबमा नेपाल

नेपालले एकदिवसीय मान्यता रक्षा गर्न विश्वकप लिग–२ मा बाँकी रहेका सबै खेलमा उत्कृष्ट प्रदर्शन गर्नुपर्ने हुन्छ । आइसिसी विश्वकप लिग–२ को अंक तालिकामा शीर्ष स्थानमा रहेन टोलीले एकदिवसीय मान्यता रक्षा गर्नेछ । साथै शीर्ष तीनमा रहने टोली अर्को बर्ष भारतमा हुने आइसिसी एकदिवसीय क्रिकेट प्रतियोतिगामा छनोट हुने छन् । नेपालले लिगमा १६ खेलमा सात जित, आठमा हार तथा एक खेल टाइ खेलेको छ । नेपाल १५ अंकका साथ पाँचौँ स्थानमा छ । 

नेपालको टोली

सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल (उपकप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, करण केसी, सोमपाल कामी, आदिल अन्सारी, बसिर अहमद, किशोर महतो, पवन सरार्फ र विनोद भण्डारी (विकेटकिपर) ।

ad
ad