मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असार ११ शनिबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७९ असार ११ शनिबार १४:१२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एकीकृत समाजवादीका ६ जना सांसदले लिए हस्ताक्षर फिर्ता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ असार ११ शनिबार १४:१२:oo

नेकपा (एकीकृत समाजवादी) पार्टीका ६ जना सांसदले मन्त्री हेरफेरको विषयमा असन्तुष्टि जनाउँदै गरेको हस्ताक्षर फिर्ता लिएका छन् । शुक्रबार अध्यक्ष माधवकुमार नेपालसमक्ष संसदीय दलको बैठक बोलाउन माग गर्दै शनिबार उनीहरूले हस्ताक्षर फिर्ता लिएका हुन्। 

सहरी विकासमन्त्री रामकुमारी झाँक्री, स्वास्थ्यमन्त्री विरोध खतिवडा, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र सांसद  निरा जैरूबाहेकका ६ जना सांसदले ससंदीय दलको बैठक बोलाउन माग गर्दै हस्ताक्षर फिर्ता गरेको एकीकृत समाजवादी पार्टी सचिवालय स्रोतले जनाएको छ।

स्रोतका अनुसार पार्टीका सांसदहरू कृष्णलाल महर्जन, पर्यटनमन्त्री प्रेम आले, गोपालबहादुर बम, विनादेवी बुढाथोकी, धनबहादुर बुढा, पुष्पाकुमारी कर्ण कायस्थले पनि हस्ताक्षर फिर्ता गरेका छन्। पार्टीले आफ्ना मन्त्री फिर्ता बोलाउने विषयमा वहालवाला मन्त्रीहरूले असन्तुष्टि जनाएका थिए। सहरी विकासमन्त्री  झाँक्री, पर्यटनमन्त्री आले, स्वास्थ्यमन्त्री खतिवडा र श्रममन्त्री श्रेष्ठले असन्तुष्टि जनाउँदै हस्ताक्षर गरेका थिए ।