१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
काठमाडौंको राष्ट्रिय सभागृहमा मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टी घाेषणा गर्दै रवि लामिछाने तस्बिर : संजित परियार
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २५ मंगलबार १३:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

रवि लामिछानेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी गठन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १३:३६:oo

पत्रकारिता छाडेर राजनीतिमा लागेका रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी नामको राजनीतिक दल गठन गरेका छन् । काठमाडौंको राष्ट्रिय सभागृहमा मंगलबार एक कार्यक्रम गरेर उनले दल घोषणा गरेका हुन् ।

आसन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलाई मध्यनजर गर्दै लामिछानेले आफ्नो नेतृत्वमा नयाँ राजनीतिक पार्टी गठन गरेका हुन् । देशभरबाट समानुपातिक भोट संकलन गर्न दल खोल्नुपरेको लामिछानेले जिकिर गरे ।

पार्टी घोषणा कार्यक्रममा उनले आफू व्यवस्था बदल्न नभई नागरिकको अवस्था बदल्न राजनीतिमा आएको दाबी गरे । आफू ठूलो काम गर्न नभई आममान्छेका स–साना समस्या समाधान गर्न राजनीतिमा लागेको पनि उनले दाबी गरे ।

ad
ad