१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ असार ७ मंगलबार ०८:१९:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

‘अबको लक्ष्य मिस वर्ल्ड विजेता’

Read Time : < 1 मिनेट
२०७९ असार ७ मंगलबार ०८:१९:००

मिस नेपाल ०२२ की विजेता प्रियंका रानी जोशीलाई बाजागाजासहित घरमा स्वागत गरिएको छ । केही दिनदेखि लाजिम्पाटको पाँचतारे होटेल र्‍याडिसनमा बस्दै आएकी उनलाई परिवार र आफन्तले बाजागाजासहित काठमाडौं वडा नम्बर २९ अनामनगरस्थित घरमा भित्रयाएका हुन् ।

उनले आगामी दिनमा आफूले मिस नेपालले गर्नुपर्ने कार्य कुशलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाइन् । ‘म हाम्रो देशलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन कुनै कसर बाँकी राख्नेछैन,’ उनले आफ्नो भविष्यको योजनाबारे पनि भनिन्, ‘अबको तयारी मिस वर्ल्डको छ । यसमा लागिपर्नेछु र मिस वर्ल्डको ताज नेपाल ल्याउन एकदमै कोसिस गर्नेछु ।’