मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
जिल्ला ब्युरो नयाँ पत्रिका
२०७९ असार ५ आइतबार ०६:२६:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

६७ जिल्लामा निर्वाचन हुँदा ३१ जिससमा कांग्रेस नेतृत्व

Read Time : > 1 मिनेट
जिल्ला ब्युरो, नयाँ पत्रिका
२०७९ असार ५ आइतबार ०६:२६:००

सुदूरपश्चिमका नौमध्ये आठ जिल्लामा नेतृत्व चयन हुँदा एमालेले प्रमुख–उपप्रमुखमा खाता खोल्न सकेन, एकीकृत समाजवादी सुदूरपश्चिम र मधेसमा प्रमुख–उपप्रमुखविहीन, माओवादीले पनि प्रदेश १, मधेस र सुदूरपश्चिममा अहिलेसम्म प्रमुखमा जित हात पार्न सकेन, दैलेखमा कांग्रेसका बागीले प्रमुख र डोल्पामा स्वतन्त्रले उपप्रमुख जिते

जिल्ला समन्वय समितिका लागि शनिबारसम्म ६७ जिल्लामा नेतृत्व छानिएको छ । प्रदेश १ का उदयपुर, झापा र धनकुटा, मधेसका सिराहा, सप्तरी र रौतहट, गण्डकीका म्याग्दी र तनहुँ, कर्णालीको हुम्ला र सुदूरपश्चिमको बाजुरामा भने निर्वाचन हुन बाँकी छ । 

अहिलेसम्म कांग्रेसले ३१, एमालेले १७, माओवादीले १०, एकीकृत समाजवादीले चार तथा जसपा, लोसपा, जनमोर्चा र स्वतन्त्र उम्मेदवारले एक–एक जिल्लामा प्रमुख जितेका छन् । प्रमुखको तुलनामा कांग्रेस र एमालेले उपप्रमुख कम जितेका छन् भने माओवादी र एकीकृत समाजवादीले दोब्बर जितेका छन् । कांग्रेसले २२, एमालेले १३, माओवादीले २१, एकीकृत समाजवादीले आठ, लोसपाले दुई र एक स्वतन्त्रले उपप्रमुख जितेका छन् । 

सुदूरपश्चिमका नौमध्ये आठ जिल्लाको नेतृत्व चयन हुँदा एमालेले प्रमुख–उपप्रमुखमा खातासमेत खोल्न सकेको छैन । बाजुरामा भने निर्वाचन हुन बाँकी छ । एमाले विभाजन भएर बनेको एकीकृत समाजवादी पनि सुदूरपश्चिम र मधेसमा अहिलेसम्म प्रमुख–उपप्रमुखविहीन छ । त्यस्तै, जसपा प्रदेश १ र मधेस तथा लोसपा लुम्बिनी र मधेसबाहेकका प्रदेशमा निल छ । 

माओवादीले अहिलेसम्म प्रदेश १, मधेस र सुदूरपश्चिममा प्रमुखमा खाता खोल्न सकेको छैन । सुदूरपश्चिममा चार, प्रदेश १ मा तीन र मधेसमा एक जिल्लामा उपप्रमुख भने माओवादीले जितेको छ । एकीकृत समाजवादीले गण्डकी, लुम्बिनी र कर्णालीमा प्रमुख जित्न सकेको छैन । उसले तीनवटै प्रदेशमा उपप्रमुख भने एक–एक जितेको छ । 

कर्णालीमा प्रमुख र उपप्रमुखमा एक–एकजना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । दैलेख जिससको प्रमुखमा नवराज शाही र डोल्पाको उपप्रमुखमा तेजेन्द्र बुढा निर्वाचित भएका छन् । शाही एमालेको समर्थनमा र बुढा सत्तागठबन्धनको सहयोगमा निर्वाचित भएका हुन् । डोल्पामा गठबन्धनका तर्फबाट कांग्रेसका श्यामबहादुर रोकाया प्रमुखमा र दैलेखमा एमालेका केशवबहादुर शाही उपप्रमुख निर्वाचित भएका छन् ।

यहाँ गोलाप्रथाबाट छानिए

कपिलवस्तुमा कांग्रेस गठबन्धनमा ११ मत र एमाले गठबन्धनमा नौ मत थियो । प्रमुखमा एमालेका बाबुराम आचार्य र कांग्रेसका ज्ञानबहादुर कार्कीको १०–१० मत पाएपछि गोलाप्रथाबाट आचार्य विजयी भए । 

- चितवनमा सत्तागठबन्धनबाट कांग्रेसका पूर्णबहादुर रानाभाट र एमालेका नारायण अधिकारीले पनि बराबर ७–७ मत पाए । गोलप्रथामा अधिकारी निर्वाचित भए ।

- स्याङ्जामा काग्रेस र एमालेसँग ११–११ मत थिए, निर्वाचनमा पनि बराबरी नै पाए । गोलाप्रथामा प्रमुखमा कांग्रेस र उपप्रमुख एमालेका उम्मेदवार निर्वाचित भए ।

- भक्तपुरमा प्रमुख र उपप्रमुख दुवै गोलाप्रथाबाट चुनिएका छन् । ३–३ मत ल्याएपछि गरिएको गोलाप्रथामा प्रमुखमा एमालेका ईश्वर थापा र उपप्रमुखमा कांग्रेसकी सुजाता बाडे निर्वाचित भइन् ।

विराटनगरमा गणेश लम्साल, सिरहामा सुरेन्द्रकुमार कामती, हेटौँडामा सुदीप सिवाकोटी, पोखरामा रोहितराज पराजुली, बुटवलमा विष्णु घिमिरे, सुर्खेतमा रमेश रावल र धनगढीमा तेजराज भट्ट