Skip This
प्रधानमन्त्रीको अमेरिका भ्रमण नेपालका लागि सकारात्मक हुनेछ : पुष्पा भुसाल
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार ३ शुक्रबार
  • Wednesday, 23 April, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७९ असार ३ शुक्रबार १७:o३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीको अमेरिका भ्रमण नेपालका लागि सकारात्मक हुनेछ : पुष्पा भुसाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ असार ३ शुक्रबार १७:o३:oo

नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतमले अन्तर्राष्ट्रिय विदेश नीतिलाई बलियो बनाउन साझा विदेश नीति निर्माण गर्न आवश्यक रहेको बताएकी छिन् । शुक्रबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको छलफलमा बोल्दै सचेतक भुसालले यस्तो बताएकी हुन् ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका हाइलेभल भिजिट भन्ने कुरा नेपालको लागि अत्यन्त सकारात्मक रहेको पनि बताइन्। सचेतक भुसालले प्रधानमन्त्रीको अमेरिका भ्रमण नेपालको विदेश नीतिलाई बलियो बनाउनको निम्ति सकारात्मक भ्रमण हुने बताइन् ।

उनले भ्रमणमा जानुअघि नेपालको विदेश नीतिमाथि टेकेर, संविधानमाथि टेकेर सकारात्मक ढंगबाट अघि बढ्नुपर्ने बताइन् । उनले प्रधानमन्त्रीको अमेरिका भ्रमण कुनै सम्झौतासँग सम्बन्धित नरहेको कुरा सदनमा स्पष्ट भइसकेको भन्दै प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे भ्रम फैलाउनु भनेको नेपालको विदेश नीतिलाई कमजोर गराउनु भएको उल्लेख गरिन् । सचेतक भुसालले प्रधानमन्त्री र प्रधान सेनापतिलगायतले भ्रमण नै गर्नुहुँदैन भनेर दुई देशबीचको परराष्ट्रनीतिलाई बिगार्ने काम गर्नुनहुने बताइन् ।