निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असोज ११ मंगलबार
  • Tuesday, 27 September, 2022
२०७९ असार ३ शुक्रबार ०५:५४:००
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

पाँचबुँदे सहमति पछि निहारिकाले अनशन तोडिन् 

Read Time : < 1 मिनेट
२०७९ असार ३ शुक्रबार ०५:५४:००

पाँचबुँदे माग राखी २७ जेठदेखि आमरण अनशनमा बसेकी महोत्तरी जलेश्वर– ९ की सोनालीकुमारी सिंह निहारिकाले बिहीबार बेलुका अनशन तोडेकी छिन् । सरकारसँग पाँचबुँदे सहमति गरेर उनले अनशन तोडेकी हुन् ।

राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णा पौडेल खतिवडाको पहलमा सरकारी प्रतिनिधिसँग सहमति भएपछि गृहमन्त्री बालकृष्ण खाणको उपस्थितिमा जुस खाएर उनले अनशन तोडेकी हुन् । 

प्रतिवादी शिवराम श्रेष्ठ र निहारिकाका छोराको डिएनए परीक्षणको कानुनी प्रक्रिया अघि बढाउन पहल गर्ने सहमति भएको छ । त्यस्तै, उनी र उनको छोराको सुरक्षा आवास व्यवस्थापनका लागि गृह मन्त्रालय र महिला मन्त्रालयमार्फत पहल गर्ने, अनशनकर्ताको आर्थिक सहायताका लागि गृह मन्त्रालयमार्फत पहल गर्ने, राज्यका सम्पूर्ण निकाय पीडितमैत्री बनाउन पहल गर्नेलगायतका सहमति भएको हो ।

सहमतिपत्रमा गृहका सहसचिव शिवराम पोखरेल, उपसचिव वसन्त भट्टराई, अनशनकर्ता निहारिका, सावित्री सुवेदी, सुनिता गौतम र लोग्शरी कुँवरले हस्ताक्षर गरेका छन् ।