मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ असार २ बिहीबार ०७:१६:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

ब्युँतियो ‘रअ बार्ज’को  र्‍याप ब्याटल

Read Time : < 1 मिनेट
२०७९ असार २ बिहीबार ०७:१६:००

नेपाली हिपअप संगीत प्रवद्र्धनका लागि स्थापित ‘रअ बार्ज’ले र्‍याप ब्याटललाई पुनर्जीवित गराउँदै व्यावसायिक रूप दिन देशका मुख्य सहरमा ‘र्‍याप ब्याटल’का लागि अडिसन सम्पन्न गरेको छ । संस्थापक कोलिन राणासहितको टिमले ‘रअ बार्ज’लाई पुनः सक्रिय बनाई र्‍याप ब्याटललाई अगाडि बढाएका हुन् ।

राणाले सन् २०१० मा सेन्ट जेभियर्समा पढ्दा एक्सक्लुसिभ इन्टरटेनमेन्ट नामको कम्पनी स्थापना गरेका थिए । उनले यो कम्पनीमार्फत हिपअप ब्यान्डको व्यावसायिक सुरुवात गरेका थिए । उनको २०११ मा यम बुद्धसँग भेटेपछि थप प्रवद्र्धन गर्ने अठोट लिएका थिए । 

पछिल्लो सयम रअ बार्जले ब्याटलका लागि आवेदन आह्वान गर्दा डिजिटल अडिसनमा मात्रै तीन हजारभन्दा बढीको सहभागिता थियो । फिजिकल अडिसनमा पनि ¥यापरहरूको उल्लेख्य सहभागिता रहेको ‘रअ बार्ज’का चेयरम्यान प्रवेश रायमाझीले जानकारी दिए । 

रायमाझी पनि संगीत उद्यमी हुन् । हाल रायमाझीको नेतृत्वको ‘रअ बार्ज’ले काँचुली फेरेको छ । र्‍याप ब्याटलका विभिन्न अडिसन भइरहेका छन् । रायमाझीको नेतृत्व पाएपछि ‘रअ बार्ज’ पुनः जागेको छ । ‘प्रवेश दाइ आएपछि हामीमा नयाँ उत्साह थपिएको छ ।’ राणा भन्छन्, ‘अब हामी छिटै ब्याटलका अडिसन र एलिमेनेसन राउन्ड सकेर लाइभ राउन्डका लागि टप ४० प्रतिस्पर्धी छान्दै छौँ ।’ 

प्रवेशलाई पनि सानैदेखि हिपअप म्युजिकमा चासो थियो । र्‍यापर नभए पनि र्‍यापलाई माया गर्ने भएका कारण पछिल्लो समय रायमाझीले ‘रअ बार्ज’लाई टेकओभर गरेका हुन् ।  यम बुद्ध यो संसारमा नरहे पनि रअ बार्जलाई चिनाउने र आजसम्मको अवस्थामा ल्याउने काममा उनको महत्वपूर्ण भूमिका रहेको रायमाझी बताउँछन् । फेरि, ‘रअ बार्ज’ यस्तो प्लेटफर्म हो, जहाँबाट लाहुरे, बालेनजस्ता चर्चित र्‍यापर जन्मिएका छन्, जो अहिले व्यावसायिक रूपमा सफल पनि मानिन्छन् ।