१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार २१:१o:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

किराँत समुदायको महान् चाड 'साकेला उँधौली' विधिवत रूपमा समापन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार २१:१o:oo

महिना दिनसम्म मनाइने किराँत समुदायको महान चाड साकेला उँभौली चाड विधिवत रूपमा समापन गरिएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित माटीकोरे खेलमैदानमा शनिबार बृहत् साकेला सिली प्रदर्शन गरेर औपचारिक रूपमा साकेला उँभौली चाड समापन गरिएको हो । 

किराँत राई यायोख्खा र किराँत सेवा समाज खोटाङले संयुक्त रूपमा शनिबार आयोजना गरेको बृहत् साकेला सिली प्रदर्शनीमा विभिन्न स्थानका ११ समूह सहभागी थिए । साकेला उँभौलीको अवसरमा किराँत समुदायले ‘अन्नबाली सप्रियोस, रोगव्याधी नलागोस्, प्राकृतिक विपत्ति आइनलागोस्, सुव्यफाव्य होस्’ भन्ने कामना गर्दै भूमि, पितृ र अन्नको पूजाआजा गरेर साकेला उँभौली चाड मनाउने गरेका छन् ।

साकेला उँभौली हरेक वर्ष दिक्तेल बजारस्थित किराँत ऐतिहासिक एवं पर्यटकीयस्थल मझुवागढीमा भूमि अर्थात् चुलाको औपचारिक पूजा गरेर सुरु हुने र माटीकोरे खेलमैदानमा बृहत् साकेला सिली प्रदर्शन समापन गर्नेे चलन छ । साकेला उँभौली चाडको अवसरमा महिना दिनसम्म आफन्तजन, साथीभाइ, नरनाता, छरछिमेकबीच भेटघाट गर्दै शुभकामना आदानप्रदान गर्ने चलन रहेको छ । 

साकेला चाडको अवसरमा परम्परागत भेषभूषामा सजिएका दाजुभाइ, दिदीबहिनी, बुबाआमा, इष्टमित्र भेला भएर गोलो घेरामा ढोल र झ्याम्टा बजाउँदै साकेला गीत गाएर नाच्ने प्रचलन छ । साकेला थान तथा चुलामा पितृको पूजाआजा गरेपछि साकेला गीतको भाकामा हात र खुट्टाले भाका टिप्दै साकेला नाच्ने गरिन्छ । 

अन्नबाली छर्ने बेला अर्थात् वैशाख पूर्णिमादेखि महिनादिनसम्म उँभौली र अन्नबाली उठाउने बेला मंसिर पूर्णिमादेखि १५ दिनसम्म साकेला उँधौली चाड मनाउने गरिएको किराँत राई यायोख्खा खोटाङका सचिव युगशन किराँतले जानकारी दिए । साकेला चाडको अवसरमा नाचिने साकेला सिलीमा मानव जातिको जन्मदेखि मृत्युसम्मका र हरेक पशुपंक्षीको कृयाकलापलाई चित्रण गरिन्छ । 

साकेला चाड  र साकेला सिलीको सुरुवातका विषयमा विभिन्न जिल्ला तथा ठाउँमा फरक–फरक मिथक तथा भनाइहरू पाइन्छन् । यसको सुरुवातका विषयमा किराँत समुदायमा आ–आफ्नै तर्क र भनाइहरू रहेका छन् । 

यद्यपि, किराँत समुदायको आदिम पुर्खा खोक्चिलिपा, तायामा र खियामाले यसको सुरुवात गरेको किंवदन्तीमा सबै एक मत रहेका छन् । साकेला चाड खोटाङसहित भोजपुर, धनकुटा, उदयपुर, ओखलढुंगा, सोलुखुम्बु, सङ्खुवासभा, सुनसरी, इलाम, पाँचथर, झापा, मोरङ, काठमाडौं, भक्तपुर, ललितपुरलगायतका जिल्लामा मनाइन्छ ।

साकेला चाडले जातीय, धार्मिक तथा सांस्कृतिक सद्भाव, आपसी मेलमिलाप कायम गर्दै द्वन्द्वलाई निरुत्साहित गर्न भूमिका खेल्ने किराँत राई यायोख्खा खोटाङका अध्यक्ष हात्तीराम राईले बताए । 'साकेला चाडमा विशेषगरी प्रकृति र पितृको पूजा गर्दै आपसमा शुभकामना आदान-प्रदान गर्ने गरिन्छ,' उनले भने, 'प्रकृति र पितृको पूजासँगै मनाइने यो साकेला चाडले किराँत र गैरकिराँत समुदायबीच आपसी सद्भाव र बन्धुत्व कायम गर्न सघाउ पुर्याउने अपेक्षा गरेका छौँ ।' 

साकेला चाड किराँत राई, लिम्बू, याक्खा र सुनुवार समुदायले प्रमुख चाडको रूपमा मनाउने गरेका छन् । माझकिराँत भनेर चिनिने खोटाङमा पछिल्लो समय साकेला चाडलाई गैंरकिराँत समुदायले समेत मनाउन थालेका छन् । 
 

ad
ad