१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ २७ शुक्रबार
  • Saturday, 05 July, 2025
२o७९ जेठ २७ शुक्रबार २o:३७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कार्यकर्तालाई ओलीको निर्देशन : पार्टीलाई पहिलो स्थानमा ल्याउन अहिलेदेखि परिचालित हुनुहोस्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ २७ शुक्रबार २o:३७:oo

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रको संरक्षण गर्न र आगामी निर्वाचनमा एमालेलाई पहिलो स्थानमा ल्याउन कार्यकर्ता अहिलेदेखि नै परिचालित हुनुपर्नेमा जोड दिएका छन् ।

एमाले मोरङले शुक्रबार आयोजना गरेको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले संघीयताको सफल कार्यान्वयनका लागि पनि अहिलेदेखि जुट्नुपर्ने बताए । 

उनले मुलुकको समृद्धि र विकासका लागि एमालेले प्रदेश तथा संसदीय निर्वाचनमा अत्यधिक स्थानमा विजय हासिल गर्नुपर्ने आवश्यकता औँल्याए। उनले हालै सम्पन्न पालिका निर्वाचनमा पार्टीप्रति विश्वास भएर जनताले लोकप्रिय मत  दिएकोमा धन्यवादसमेत दिए ।  

संसद् विघटन गरी नयाँ जनादेशमा जानका लागि निर्वाचनको मिति तोक्नुलाई प्रतिगमन नभएको उनले जिकिर गरे ।