१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:५३:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

जनकल्याण माविको ६९औँ वार्षिकोत्सव सम्पन्न

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:५३:oo

चाबहिल महांकालस्थित जनकल्याण माध्यमिक विद्यालयको ६९औँ वार्षिकोत्सव शुक्रबार सम्पन्न भएको छ। वार्षिकोत्सव कार्यक्रमको उद्घाटन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले गरेका हुन्।

कार्यक्रमको उद्घाटन गर्दै मन्त्री पौडेलले सार्वजनिक शिक्षा प्रणाली सुधारका लागि भौतिक पूर्वाधार र पाठ्यक्रममा सुधार गर्नुपर्ने बताए। उनले अधिकांश सामुदायिक विद्यालय सुधारको संघारमा रहेको बताउँदै सरकारले सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेको जानकारी गराए।

‘यहाँका शिक्षक कर्मचारीकै मेहनतले यो विद्यालय यहाँसम्म आएकोमा म धन्यवाद दिन चाहन्छु,’ उनले भने, ‘सार्वजनिक शिक्षा व्यवस्थित भएको छैन भन्ने चिन्ता धेरैलाई छ। तर, अहिले सच्चिँदै गएका छन्। यो खुसीको कुरा पनि हो।’ उनले सामुदायिक शिक्षा प्रणालीमा सुधार गर्नुपर्ने धेरै विषय रहेको बताए।

‘हामी बनाउछौँ हाम्रा विद्यालय’ भन्ने नारा र नीतिअनुसार सरकारले काम गरिरहेको उनको भनाइ छ। त्यस्तै यसपटकको बजेटले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेकाले सामुदायिक शिक्षा प्रणालीमा थप सुधार आउने मन्त्री पौडेलले बताए। ‘सरकारी विद्यालयले विद्यार्थी आऊँ आऊँ लाग्ने गरी सुधार गर्न जरुरी छ,’ मन्त्री पौडेलले भने, ‘यस विद्यालयको सुधारले अन्यलाई पनि सुधारको सन्देश दिनेछ।’

कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले प्राधिकरणले विद्यार्थीहरूलाई इन्टनसिप दिइरहेको बताए। उनले प्राविधिक विषयमा प्राधिकरणले विद्यार्थी र विद्यालयलाई सहयोग गर्ने जानकारी गराए।

विद्यालयका प्रधानाध्यापक कुमारी कमला राईले विद्यालयको भौतिक सुधारसँगै पढाइमा सुधार ल्याउन सकिएको बताइन्। उनले वि.सं २०१० सालदेखि सरकारी शिक्षा प्रणालीमा जनकल्याणले प्रभावकारी भूमिका निभाउँदै आएको बताउँदै वर्तमान अवस्थामा यस विद्यालयको शैक्षिक सुधारमा धेरै परिवर्तन आएको बताइन्। शैक्षिक गुणस्तरमा चासो दिने हो भने सरकारी विद्यालय पनि निजीभन्दा अब्बल हुन सक्ने उनको भनाइ छ।

वार्षिकोत्सव कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, भूतपूर्व शिक्षक तथा विद्यार्थी, स्थानीय जनप्रनिनिधि, विभिन्न विद्यालयका प्रधानाध्यापक, समाजसेवीलगायतको उपस्थिति रहेको थियो। वार्षिकोत्सवको अवसरमा विद्यालयले तीन-तीनजना उत्कृष्ट शिक्षक र विद्यार्थीलाई पुरस्कृत गरेको थियो।