मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ जेठ २४ मंगलबार
  • Thursday, 10 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ २४ मंगलबार १५:३६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काभ्रेका नवनिर्वाचित जनप्रतिनिधि र प्रधानमन्त्रीबीच भेटवार्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ २४ मंगलबार १५:३६:oo

काभ्रेपलाञ्चोकका निर्वाचित जनप्रतिनिधिले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। मंगलबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटार पुगेर कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले प्रधानमन्त्री देउवालाई भेटेका हुन्। 

काभ्रे जिल्ला सभापति तथा संविधानसभा सदस्य तीर्थ लामाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलमा पाँचखाल नगरपालिकाका मेयर महेश खरेल,पनौती नगरपालिकाका मेयर रामशरण भण्डारी, नमोबुद्ध नगरपालिकाका मेयर कुन्साङ लामा, तेमाल गाउँपालिका अध्यक्ष चन्द्र लामा, बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारी, रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा, धुलिखेल नगरपालिकाका उपमेयर निराजन जंगम, मण्डनदेउपुर नगरपालिकाका उपमेयर विष्णुमणि नेपाल, चौंरीदेउराली गाउँपालिका उपाध्यक्ष शेरबहादुर तामाङ, भुम्लु गाउँपालिका उपाध्यक्ष जितेन्द्रमान तामाङ (दावा), खानीखोला गाउँपालिका उपाध्यक्ष दोर्जेमान जिम्‍वा र महाभारत गाउँपालिका उपाध्यक्ष सागर मोक्तान सहभागी थिए।

साथै भेटमा काभ्रे कांग्रेसका उपसभापति रमेशप्रसाद हुमागाईं, कांग्रेस काभ्रेका सचिव गुणराज मोक्तान  र माधव प्रसाद ढकाल, कांग्रेस जिल्ला सह–सचिव रवीन्द्रनाथ सिग्देल र समिर व्याञ्जुसहित जिल्ला पदाधिकारीसमेतको सहभागिता रहेको थियो।

भेटमा सहभागी कांग्रेस तेमाल गाउँपालिका सभापति ज्ञानबहादुर लामाका अनुसार प्रधानमन्त्री देउवाले जनप्रतिनिधिलाई बधाई दिँदै जनताको हितलाई ध्यानमा राखेर काम गर्न निर्देशन दिएका थिए। भेटमा काभ्रे जिल्ला सभापति लामाले केन्द्रको तर्फबाट विनियोजन हुने बजेटमा स्थानीय तहलाई प्राथमिकता दिन, मल अभावलगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।