Skip This
चार दिनदेखि हराएकी सात वर्षीया बालिकाको शव फेला
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
२o८१ बैशाख २६ बुधबार १o:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

चार दिनदेखि हराएकी सात वर्षीया बालिकाको शव फेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १o:५७:oo

सुर्खेतमा चार दिनदेखि हराइएकी एक बालिकाको शव फेला परेको छ । गुर्भाकोट नगरपालिका– ५ धारापानीकी अन्दाजी सात वर्षीया बालिका गृष्मा विकको मृत अवस्थामा शव फेला परेको हो ।

नेपाली कांग्रेसको गुर्भाकोट नगरपालिका– ५ ले आयोजना गरेको कार्यक्रममा शनिबार हजुरआमासँगै सहभागी विक सोही दिन हराएकी थिइन् । चार दिनदेखि हराएकी बालिकाको मंगलबार बिहान घरदेखि सय मिटरको दूरीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डिएसपी रामप्रसाद घर्तीले बताए । 

बालिकाको मृत्युको कारण नखुले पनि घटनामा संलग्न भएको आशंका एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
 

ad
ad