१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १२:१८:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

भारतद्वारा श्रीलंकालाई ३.३ टन स्वास्थ्य सामग्री प्रदान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:१८:oo

भारतले श्रीलंकाका लागि अत्यावश्यक स्वास्थ्य सामग्री फेरि पठाएको छ । ‘छिमेकीलाई प्राथमिकता’ भन्ने भारतको नीतिअनुसार श्रीलंकालाई पुनः स्वास्थ्य सामग्री पठाइएको भारतीय अधिकारीले जनाएका छन् ।

आर्थिक संकटमा परेको श्रीलंकालाई सहयोगस्वरूप ३.३ टन अत्यावश्यक स्वास्थ्य सामग्री पठाइएको भारतको भनाइ छ। कोलम्बोका लागि भारतीय उच्च आयुक्त गोपाल बग्लायले श्रीलंकाका प्रतिनिधिहरूलाई ती सामग्री शुक्रबार हस्तान्तरण गरेका हुन्।

आर्थिक संकटका कारण स्वास्थ्य सामग्री किन्न नसकेका र देशभित्र पनि अत्यधिक मूल्यवृद्धि भएकोलगायतका कारणले श्रीलंकाले स्वास्थ्य सामग्री उपलब्ध गराउन अन्य देशहरूसँग अनुरोध गरेको थियो।

श्रीलंकाका नागरिकले पनि स्वास्थ्य सामग्रीको मूल्यवृद्धि र अभाव भएको भन्दै तत्काल त्यसको व्यवस्था गर्न माग गरेका थिए। आर्थिक संकटका कारण बहुआयामिक संकटमा परेको श्रीलंकामा इन्धन, अमेरिकी डलर, खाद्य पदार्थलगायतका अन्य धेरै चिजको अभाव भइरहेको छ। 

अत्यावश्यक परेका चिज भारतसहित धेरै देशले श्रीलंकालाई उपलब्ध गराउँदै आएका छन् । भारतले यसअघि पनि स्वास्थ्य सामग्रीलगायतका धेरै प्रकारका सहयोग उपलब्ध गराएको थियो । 

यी सामग्री उपलब्ध गराउने प्रतिबद्धता भारतले यसअघि नै गरेको थियो। “हाम्रो प्रतिबद्धता अर्को पनि पूरा भएको छ। हामीले श्रीलंकालाई अत्यावश्यक स्वास्थ्य सागम्री उपलब्ध गराएका छौँ,” श्रीलंकास्थित भारतीय उच्च आयुक्तको कार्यालयले सामाजिक सञ्जालमा लेखेको छ। रासस/एएनआई