१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार १o:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

पौडेलको हत्यामा  संलग्नलाई कारबाहीको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १o:१८:oo

गत ३० वैशाखमा मृत भेटिएका बाराका ३८ वर्षीय राकेशभक्त पौडेलको हत्यामा संलग्नलाई तत्काल पक्राउ गरी कारबाही गर्न परिवारले माग गरेको छ । पीडित परिवारले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रहरीले सानी नाबालिगलाई हत्यारा देखाएकोमा आपत्ति जनाउँदै उक्त हत्या घटनाको निष्पक्ष छानबिनको माग गरेको हो । 

मृतकका माइला बुबा खड्गभक्त पौडेलले राकेशको हत्या प्रकरणमा दोषी पत्ता लगाएर कारबाही गर्ने विषयमा प्रहरीले असयोग गरेको भन्दै गुनासो गरे । चार–पाँचजनाले अगाडिबाट हानेर र एउटाले पछाडिबाट हानेर हत्या भएको हुन सक्ने परिवारको आशंका छ । शव परीक्षण गरेपछि मृत्युको कारण डाक्टरलाई सोध्दा पछाडि टाउकोमा लागेको चोट भएको खुलासा भएको परिवारको भनाइ छ । खड्गभक्तले घटनाको ११औँ दिनमा सिमराका प्रहरी नायब उपरीक्षक आएर छिमेककी सानी नानीले हानेर राकेशलाई मारेको पत्ता लागेको सुनाए पनि आफ्नो परिवार भने ती बालिकाले राकेशभक्तलाई मारेको भन्नेमा विश्वस्त नभएको बताए ।

घटनामा शंकास्पद ११ जनाको नाममा गत ३ जेठमा जाहेरी दिएको पौडेलको भनाइ छ । राकेश बारा जितपुर सिमरा उपमहानगरपालिका–६ नगौल टोलस्थित दलबहादुर क्षेत्रीको घरको भर्‍याङको नजिक तल माटोको भुइँमा मृत फेला परेको र उनलाई सोही ठाउँबाट उठाएर अस्पताल लगिएको परिवारले दाबी गरेको छ ।

ad
ad