Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ १८ बुधबार ०६:१६:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ग्लोबल आइएमईका ग्राहकलाई मिनिसो र मिसियो स्टोरमा क्यासब्याक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ १८ बुधबार ०६:१६:००

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकलाई मिनिसो र मिसियोका स्टोरहरूबाट सामान किन्दा १० प्रतिशतसम्म क्यासब्याक उपलब्ध गराउने भएको छ । यसका लागि बैंकले अन्तर्राष्ट्रिय ब्रान्डहरू मिनिसो र मिसियोसँग साझेदारी गरेको हो । 

योजनाअनुसार ग्लोबल आइएमई बैंकका ग्राहकले बैंकको डेबिट–क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्युआरमार्फत भुक्तानी गर्दा प्रत्येक कारोबारमा अधिकतम तीन सय रुपैयाँ वा १० प्रतिशत क्यासब्याक पाउने जनाइएको छ । योजना बुधबारदेखि काठमाडौं उपत्यकाभित्रका मिनिसो र मिसियोका सबै स्टोरमा लागू हुने बैंकले जनाएको छ ।

उपत्यकामा फ्रेन्चाइजमा आधारित अन्तर्राष्ट्रिय रिटेल चेन डिपार्टमेन्टल स्टोर मिनिसो र मिसियोका १२ भन्दा बढी स्टोरहरू रहेको जनाइएको छ । बैंकले ७६ जिल्लामा दुई सय ८८ शाखा, दुई सय ६० एटिएम, दुई सय ७५ शाखारहित बैंकिङ, ५१ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरका साथै तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिइरहेको जनाएको छ ।