१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार १६:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

आइजिपी नियुक्तिविरुद्धको मुद्दाको अर्को सुनुवाइ जेठ ३० मा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १६:४o:oo

सर्वोच्च अदालतले नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) नियुक्तिविरुद्धको अर्को सुनुवाइ जेठ ३० मा तोकेको छ। सरकारले धीरजप्रताप सिंहलाई आइजिपीमा बढुवा गरेकोविरुद्ध दायर भएको मुद्दामा आज अन्तिम सुनुवाइको लागि पेसी तोकिएकोमा जेठ ३० गतेका लागि अर्को पेसी तोकिएको हो।

मुद्दामा न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र डा. कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ तोकिएको थियो। गत वैशाख २२ गते न्यायाधीश सुस्मालता माथेमाको एकल इजलासले लिखित जवाफ माग गर्दै अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको थियो। न्यायाधीश माथेमाको इजलासले अन्तिम सुनुवाइका लागि आज पेसी तोक्ने आदेश गरेको थियो। 

आज न्यायाधीशद्वय श्रेष्ठ र चुडालको संयुक्त इजलासले एआइजी बढुवाविरुद्ध परेका रिटलाई समेत एकैसाथ राखी सुनुवाइको आदेश गरे पनि यसविरुद्ध रिट हालेका ईश्‍वरबाबु कार्की, घनश्याम अर्याल, प्रकाशजंग कार्कीको म्याद तामेल भइनसकेको भन्दै यस्तो आदेश गरेको हो।

 

ad
ad