१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
सोनी राई सोलुखुम्बु
Invalid date format ११:११:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सगरमाथा आधार शिविरमा जलवायु परिवर्तनसम्बन्धी सम्मेलन सम्पन्न

Read Time : < 1 मिनेट
सोनी राई, सोलुखुम्बु
नयाँ पत्रिका
Invalid date format ११:११:oo

विश्वकीर्तिमानी समाजको आयोजनामा विश्वकै अग्लो स्थान सगरमाथाको आधार शिविरमा ‘जलवायु परिवर्तनसम्बन्धी शिखर सम्मेलन’ सम्पन्न गरिएको छ । अन्तर्राष्ट्रिय सगरमाथा दिवस (मे २९) को अवसरमा आधार शिविर (५,३६४ मिटर) उचाइमा वर्तमान परिस्थितिमा जलवायु परिर्वतन र त्यसको असर न्यूनीकरणका सवालमा विश्वको ध्यानाकर्षण गराउने उद्देश्यले अमेरिकी वातावरण वैज्ञानिकहरूको सहभागितामा सम्मेलन सम्पन्न गरिएको विश्वकीर्तिमानी समाजका अध्यक्ष सञ्च राईले बताए ।

सम्मेलनमा युनिभर्सिटी कोलोराडो अमेरिकाका वातावरण वैज्ञानिक जोन्ना लेम्बर्ट र कोलोराडो स्टेट युनिभर्सिटीका वैज्ञानिक जोयल बर्गरको प्रत्यक्ष सहभागिता रहेको थियो । उनीहरूले विश्वमा जलवायु परिवर्तनको वर्तमान अवस्था, प्रभाव र न्यूनीकरणका सवालमा प्रतिवेदन पेस गरेका थिए । पहिलोपटक वातावरण वैज्ञानिकहरूको सहभागितामा आधार शिविरमा प्यानल अन्तर्क्रिया आयोजना गरेर जलवायु परिवर्तनको सवालमा विश्व राष्ट्रको ध्यानाकर्षण गराउन आयोजित सम्मेलन सफलतापूर्वक सम्पन्न भएको सम्मेलनका संयोजक तथा सोसाइटीका सचिव पूर्ण राईले जानकारी दिए ।

सम्मेलनका लागि उपराष्ट्रपति नन्दबहादुर पुनबाट बिदाइ भएको टोलीमा विश्वकीर्तिमानी समाजका उपाध्यक्ष टेकबहादुर राई र कोषाध्यक्ष बुद्धिराज राई, वरिष्ठ साउन्ड इन्जिनियर छिरिङ भोटे, सिग्नेचर होलिडेका सञ्चालक सरन श्रेष्ठ, सिनेमाटो ग्राफर मिगेन्द्र पुतवार पनि सहभागी थिए । सम्मेलनअन्तर्गत आधार शिविरको  व्यवस्थापन सेभेन समिटले गरेको थियो ।